२०८३, ११ श्रावण मंगलबार

नेपाल बंगलादेशसित पराजित, पाकिस्तानसित सेमिफाइनल भिडन्त

नेपाल बंगलादेशसित पराजित, पाकिस्तानसित सेमिफाइनल भिडन्त


काठमाडौं, कात्तिक १२ : काठमाडौंमा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल २–१ ले पराजित भएको हो ।बंगलादेशको जितमा दुवै गोल एन्बे अहमदले गरे । नेपालका लागि जान लिम्बूले पेनाल्टीमार्फत् एक गोल गरेका थिए ।

१० जनामा समेटिएको बंगलादेशमाथि हावी हुन नसक्दा नेपाल पराजित भएको हो ।यो हारले नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा पुग्दा बंगलादेश समूह विजेता बनेको हो । अब सेमिफाइनलमा नेपालले पाकिस्तानसित खेल्नेछ । पाकिस्तान समूह ‘बी’को विजेता हो ।अर्को सेमिफाइनलमा बंगलादेश र भारत भिड्नेछन् । दुवै सेमिफाइनल खेल आगामी बुधबार हुनेछन् । ६ टोलीले सहभागिता जनाएको प्रतियोगितामा समूह ‘ए’बाट माल्दिभ्स र समूह ‘बी’बाट भुटान समूह चरणबाटै बाहिरिएका छन् ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ५ : ४८ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि