२०८३, ३० असार बुधबार

राष्ट्रपति आज कतार जाँदै, यस्ता छन् भ्रमणका एजेन्डा

राष्ट्रपति आज कतार जाँदै, यस्ता छन् भ्रमणका एजेन्डा


काठमाडौं, कार्तिक १२ : राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने राजकीय भ्रमणका लागि आज कतार जाँदै हुनुहुन्छ ।कतारका अमीर (राष्ट्राध्यक्ष) शेख तामिम विन हमाद अल थानीको निमन्त्रणामा राष्ट्रपति कतार जान लाग्नु भएको हो । राष्ट्रपति अहिले बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा प्रस्थान गर्ने कार्यक्रम छ ।

भाेलि कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका राष्ट्राध्यक्षबीच औपचारिक भटवार्ता हुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा त्यहाँका राष्ट्राध्यक्षले आयोजना गर्नुहुने रात्रीभोजमा सरिक हुनुहुनेछ ।भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका सहसंस्थापक तथा अध्यक्ष शेख मोजा बिन नासेरले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले व्यापारिक समुदायसँगको संयुक्त अन्तरक्रियात्मक बैठकमा व्यापार तथा नेपालमा लगानीको अवसरका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणमा राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुनेछन् । राष्ट्रपति कात्तिक १५ गते स्वदेश फर्कनुहुनेछ ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ८ : ०७ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै