२०८१, २ फाल्गुन शुक्रबार

राष्ट्रपति आज कतार जाँदै, यस्ता छन् भ्रमणका एजेन्डा

राष्ट्रपति आज कतार जाँदै, यस्ता छन् भ्रमणका एजेन्डा


काठमाडौं, कार्तिक १२ : राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने राजकीय भ्रमणका लागि आज कतार जाँदै हुनुहुन्छ ।कतारका अमीर (राष्ट्राध्यक्ष) शेख तामिम विन हमाद अल थानीको निमन्त्रणामा राष्ट्रपति कतार जान लाग्नु भएको हो । राष्ट्रपति अहिले बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा प्रस्थान गर्ने कार्यक्रम छ ।

भाेलि कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका राष्ट्राध्यक्षबीच औपचारिक भटवार्ता हुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा त्यहाँका राष्ट्राध्यक्षले आयोजना गर्नुहुने रात्रीभोजमा सरिक हुनुहुनेछ ।भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका सहसंस्थापक तथा अध्यक्ष शेख मोजा बिन नासेरले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले व्यापारिक समुदायसँगको संयुक्त अन्तरक्रियात्मक बैठकमा व्यापार तथा नेपालमा लगानीको अवसरका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणमा राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुनेछन् । राष्ट्रपति कात्तिक १५ गते स्वदेश फर्कनुहुनेछ ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ८ : ०७ बजे

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले