२०८२, १ माघ बिहीबार

मधेस मुद्दामा प्रधानमन्त्रीको चासो

मधेस मुद्दामा प्रधानमन्त्रीको चासो


काठमाडौं, कार्तिक १२ : संविधान संशोधनसहित मधेसवादी दलको मुद्दा सम्बोधन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

आफूहरूको माग सम्बोधन गर्नमा चासो नराखेको आरोपसहित राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिई आन्दोलन गर्ने चेतावनीयुक्त ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री ओलीले छलफल गरेर अगाडि बढ्न खोजेका हुन् ।

२२ कात्तिकमा प्रधानमन्त्री ओलीलाई भेटेर राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए । संविधान संशोधनसहितका माग सम्बोधन गर्ने आश्वासनपछि राजपा नेपालले सरकारलाई समर्थन गरेको थियो ।

प्रधानमन्त्री ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले राजपा नेपालका नेतासँग छलफल गर्ने तयारी भए पनि हुन नसकेको बताए । प्रधानमन्त्री ओली अस्वस्थ भएकाले भेटघाट, छलफललगायतका कार्यक्रम रोकिएको र स्वस्थ भएपछि छलफल अगाडि बढ्ने मैनालीले बताए ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ७ : ०८ बजे

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना