२०८२, ३ माघ शनिबार

मधेस मुद्दामा प्रधानमन्त्रीको चासो

मधेस मुद्दामा प्रधानमन्त्रीको चासो


काठमाडौं, कार्तिक १२ : संविधान संशोधनसहित मधेसवादी दलको मुद्दा सम्बोधन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

आफूहरूको माग सम्बोधन गर्नमा चासो नराखेको आरोपसहित राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिई आन्दोलन गर्ने चेतावनीयुक्त ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री ओलीले छलफल गरेर अगाडि बढ्न खोजेका हुन् ।

२२ कात्तिकमा प्रधानमन्त्री ओलीलाई भेटेर राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए । संविधान संशोधनसहितका माग सम्बोधन गर्ने आश्वासनपछि राजपा नेपालले सरकारलाई समर्थन गरेको थियो ।

प्रधानमन्त्री ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले राजपा नेपालका नेतासँग छलफल गर्ने तयारी भए पनि हुन नसकेको बताए । प्रधानमन्त्री ओली अस्वस्थ भएकाले भेटघाट, छलफललगायतका कार्यक्रम रोकिएको र स्वस्थ भएपछि छलफल अगाडि बढ्ने मैनालीले बताए ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ७ : ०८ बजे

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

निर्वाचन आयोगको मान्यतापछि कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौँ । निर्वाचन आयोगबाट औपचारिक मान्यता पाएसँगै नेपाली कांग्रेसले आज

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र