२०८३, ४ आश्विन सोमबार

उमेर –१०१, नागरिक– बल्ल

उमेर –१०१, नागरिक– बल्ल


डोटी , कार्तिक १२ : मान्छे सबैभन्दा खुसी कहिले हुन्छ ? डोटी पूर्वीचौकी गाउँपालिका–७, पोखरीकी जगुदेवी खड्काको जवाफ छ, ‘नागरिकता पाउँदा ।’ हुन पनि उनले १ सय १ वर्षमा आइतबार नागरिकता पाइन् । ‘यो उमेरमा नागरिकता लिन पाउँदा मन फुरुङ्ग भएको छ’, प्रफुल्ल मुद्रामा देखिएकी उनले भनिन्, ‘अब सरकारले सम्मान र सुविधा पनि दिन्छ कि ? ’

जगुदेवीलाई आजसम्म नागरिकता चाहिएकै थिएन । जिन्दगीमा उनले आफ्नो परिचय दिनका लागि कतै पनि कागज बुझाउनु परेन । ८० वर्षदेखि वृद्धभत्ता बुझ्दै आएकी थिइन्, त्यसका लागि नागरिकता अनिवार्य थिएन । ‘हजुरआमाले चिनाका आधारमा सामाजिक सुरक्षा भत्ता बुझ्दै आउनुभएको थियो,’ जगुदेवीका नाति तेजेन्द्रकुमार खड्काले भने । यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।

सरकारले चालु आर्थिक वर्षदेखि वृद्धभत्ता लिन नागरिकता अनिवार्य ग¥यो । अनि मात्रै जगुदेवीका लागि नागरिकता जरुरी प¥यो । ‘अहिलेसम्म मलाई यो (नागरिकता) चाहिएकै थिएन’, उनले भनिन् ।

पूर्वीचौकी–७ वडाध्यक्ष प्रकाश साउदले ज्येष्ठ नागरिकलाई नागरिकताका लागि सिफारिस गर्न पाउँदा खुसी लागेको बताए । ‘यति धेरै वर्ष भएको व्यक्तिलाई नागरिकता प्रदान गरिएको मेरो र कार्यालयकै इतिहासमा पहिलो घटना हो’, प्रजिअ यादव सुवेदीले भने, ‘म पनि दंग छु ।’ जगुदेवीले नाति तेजेन्द्रकै पहलमा नागरिकता लिएकी हुन् । १९७४ असोज ५ गते जन्मेकी जगुदेवीका चार छोरा दुई छोरीमध्ये तीन छोरा र एक छोरीको मृत्यु भइसकेको छ । उनका माइला छोरा र एक छोरी छन् । अहिले उनी माइला छोरासँगै बस्दै आएकी छन् ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ६ : ५० बजे

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग

युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर