२०८३, १३ जेष्ठ बिहीबार

कोटेश्वरको सवारी चाप हटाउन पहल

कोटेश्वरको सवारी चाप हटाउन पहल


काठमाडौँ, ११ कत्तिक: कोटेश्वर जडीबुटी क्षेत्रमा सवारीको चापका सास्ती भोगिरहेका उपत्यकावासीलाई राहत दिने गरी निर्माण गरिएको हनुमन्ते करिडोर सडक कालोपत्रे गरिएको छ । पहिलो चरणमा जडीबुटीको पुलदेखि आँखा अस्पताल हुँदै हनुमन्ते करिडोरसम्मको सडक कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो । त्यस्तै दोस्रो चरणमा हनुमन्ते तथा मनोहरा नदीको दोभानदेखि बालकुमारीसम्मको सडक निर्माण कार्य पनि अघि बढाइएको छ ।

रु १२ करोडको लागतमा उक्त दोभानदेखि बालकुमारीसम्मको सडक निर्माणलाई द्रुतगतिमा निर्माण कार्य अघि बढाइएको छ । कोटेश्वरको सवारी चापलाई नै मुक्त बनाउन मनोहरामा बेलिब्रिज निर्माणको कार्यसमेत शुरु गरिएको छ । बेलिब्रिज तथा करिडोर निर्माण सम्पन्न भएपश्चात् कोटेश्वर जडीबुटीमा सवारीको चापबाट उपत्यकावासीले मुक्ति पाउने विश्वास लिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले आगामी दुई महीनाभित्र दोभानदेखि बालकुमारीसम्म कच्ची सडक निर्माण गरिसक्ने र कोटेश्वर जडीबुटीको चाप खुकुलो गर्न जस्तोसुकै विकल्प प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

करिडोर निरीक्षणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले प्रशासनिक ढिलासुस्ती तथा मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइले मनोहरा नदीमा ढल हाल्ने काममा ढिलाइ भएको बताउनुभयो । त्यस्तै उहाँले आगामी दिनमा त्यसप्रकारका समस्या समाधान गर्न आवश्यक पहल गर्ने बताउनुभयो ।

डिभिजन कार्यालय भक्तपुरका डिभिजन इञ्जिनियर बेदबहादुर भुजेलले भक्तपुर र ललितपुर जोड्ने मनोहरा–हनुमन्ते नदीको दोभानमा रहेको पुल निर्माणका लागि टेण्डरको प्रक्रिया अघि बढाई कार्य अघि बढाइएको जानकारी गराउनुभयो । मनोरम समाजका अध्यक्ष विश्वबन्धु बास्तोलाले सडक सञ्चालन गर्न अवरोध गर्ने घाटालाई अन्यत्र प्रतिस्थापन गरी यातायात सञ्चालन गर्न सहज वातावरण सिर्जना गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ कार्तिक आईतबार  ९ : ३४ बजे

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण

इजरायल जान नेपाली युवाको भीड, यस्तो छ केयरगिभर बन्ने ‘गोल्डेन चान्स’

काठमाडौं । वैदेशिक रोजगारीमा उच्च आम्दानी खोजिरहेका नेपाली युवाका लागि

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर