२०८२, २८ असार शनिबार

विश्वकप क्रिकेट ट्रफी राष्ट्रपतिको हातमा

विश्वकप क्रिकेट ट्रफी राष्ट्रपतिको हातमा


काठमाडौँ, ११ कात्तिक: विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज जानकारी लिनुभएको छ ।

संयुक्त अरब इमिरेट्स (युएइ) बाट यही कात्तिक ९ गते नेपाल ल्याइएको सो ट्रफी आज शीतल निवास पु¥याइएको थियो । राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकामा खुशी व्यक्त गर्दै आफ्नो हातमा उचाल्नुभएको थियो ।

आजै सो ट्रफी जनसमुदायका लागि चन्द्रागिरिमा प्रदर्शनीमा राखिएको थियो । सोमबार वसन्तपुर दरबार स्क्वायरमा राखेर ट्रफी नेपाल बाहिर लगिनेछ । अन्य सात राष्ट्रमा पनि सो ट्रफी पु¥याइने आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिनुभयो । इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी अहिले विभिन्न राष्ट्रमा प्रदर्शनीका लागि पु¥याइँदै छ ।

प्रकाशित मिति : २०७५, ११ कार्तिक आईतबार  ८ : ५२ बजे

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

काठमाडौं । नबिल बैंक स्थापनाको ४२ औँ वर्षमा प्रवेश गरेको

प्रधानमन्त्री ओलीद्वारा भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल उद्घाटन

झापा, बुधबारे । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका–३,

तीन सन्तान जन्माउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री ओलीले हालै युवाहरूलाई २० वर्षमै विवाह गरेर

ट्रम्पलाई चीनको भ्रमणको निम्तो, भ्रमणको तयारी प्रारम्भ

काठमाडौं । चीन र अमेरिका बीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा

सवारी चापका कारण नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम प्रभावित

काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभवित