२०८३, ७ कार्तिक शनिबार

कृत्रिम गर्भाधान गर्ने बढ्दै

कृत्रिम गर्भाधान गर्ने बढ्दै


काठमाडौं,कात्तिक ११ :बाँझोपन र निःसन्तान समस्याका कारण कृत्रिम गर्भाधानतर्फ आकर्षण बढेको समाचार आजको कान्तिपुरको पृष्ठ ५ मा छापिएको छ ।विभिन्न कारणले प्राकृतिक गर्भाधान हुन नसक्दा दम्पतीको स्वास्थ्य अनुसन्धान गरी उपचार गर्ने विधि कृत्रिम गर्भाधान (आइभीएफ) हो जसलाई कृत्रिम गर्भाधान गराउने वैज्ञानिक प्रविधि पनि भनिन्छ ।

ढिलो विवाह, ढिलो गर्भकारण र बदलिँदो जीवनशैलीका कारण महिलामा बाँझोपन समस्या बढ्दो छ । बाँझोपन बढेसँगै निःसन्तान केन्द्रमा सेवाग्राहीको घुइँचो बढेको छ । बाँझोपन समस्या हटाउन कम गर्न प्रयोग हुने यो प्रविधिमा महिलाको डिम्ब र पुरुषको शुक्रकीट प्रयोगशालामा राखेर करिब ४८ घण्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापन गरिन्छ ।

सीमित ठाउँको सेवा खर्चिलो र लामो हुने हुँदा सेवाग्राही चिन्तामा हुन्छन् । निःसन्तानका धेरै कारण हुने भए पनि १० देखि १५ प्रतिशत कारण पत्ता नै नलाग्ने थापाथलीस्थित निःसन्तान केन्द्रकी प्रमुख डा. उषा श्रेष्ठ बताउँछिन् । थापाथलीस्थित प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतमका अनुसार सीमित जनशक्ति, न्यून उपकरण र साँघुरो ठाउँका कारण क्रृत्रिम गर्भाधान गराउन समस्या हुने गरेको छ ।

प्रकाशित मिति : २०७५, ११ कार्तिक आईतबार  ७ : १० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना