२०८३, १० कार्तिक मंगलबार

धानको मूल्य तोकियो, बिक्री भएन

धानको मूल्य तोकियो, बिक्री भएन


धनगढी ,कात्तिक ११ : सरकारले समयमै धानको समर्थन मूल्य तोकेकामा खुसी भएका किसान धान बिक्री नहुँदा निरास भएका छन् । विगतमा धान बिक्री भइसकेपछि मात्रै धानको मूल्य तोक्ने गरेको सरकारले यस वर्ष असोज पहिलो साता नै समर्थन मूल्य तोकेको हो । आजको अन्नपूर्ण पोस्टले पृष्ठ १२ मा यो समाचार छापेको छ ।

दसैंतिहार खर्च निकाल्न किसानले असोज पहिलो साताबाटै धान बेच्न थालिसकेका छन् । तोकिएको मूल्य कडाइका साथ कार्यान्वयन गराउन प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिए पनि त्यो कार्यान्वयनमा आएको छैन ।विगतमा धानको मूल्य निर्धारणमा ढिलाइ हुँदा कैलाली र कञ्चनपुरका किसानले लागत मूल्यसमेत पाउन नसकेको गुनासो गर्दै आएका थिए । यस वर्ष प्रदेश र स्थानीय सरकारलेसमेत किसानलाई सहज नगरिदिएको उनीहरूको गुनासो छ ।

सरकारले यस वर्ष मोटो धानको मूल्य प्रतिक्विन्टल दुई हजार तीन सय ३१ रुपैयाँ तोकेको छ भने गत वर्ष त्यो मूल्य दुई हजार दुई सय थियो । मध्यम धानको मूल्य दुई हजार चार सय ६० रुपैयाँ प्रतिक्विन्टल तोकिएको छ । गत वर्षभन्दा यो वर्षको मूल्यमा १२ पैसा मात्र बढी हो । तर किसानले बजारमा क्विन्टलको १९ सय रुपैयाँमा धान बिक्री गरिरहेका छन् ।

प्रकाशित मिति : २०७५, ११ कार्तिक आईतबार  ७ : ०२ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना