२०८२, २४ मंसिर बुधबार

धानको मूल्य तोकियो, बिक्री भएन

धानको मूल्य तोकियो, बिक्री भएन


धनगढी ,कात्तिक ११ : सरकारले समयमै धानको समर्थन मूल्य तोकेकामा खुसी भएका किसान धान बिक्री नहुँदा निरास भएका छन् । विगतमा धान बिक्री भइसकेपछि मात्रै धानको मूल्य तोक्ने गरेको सरकारले यस वर्ष असोज पहिलो साता नै समर्थन मूल्य तोकेको हो । आजको अन्नपूर्ण पोस्टले पृष्ठ १२ मा यो समाचार छापेको छ ।

दसैंतिहार खर्च निकाल्न किसानले असोज पहिलो साताबाटै धान बेच्न थालिसकेका छन् । तोकिएको मूल्य कडाइका साथ कार्यान्वयन गराउन प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिए पनि त्यो कार्यान्वयनमा आएको छैन ।विगतमा धानको मूल्य निर्धारणमा ढिलाइ हुँदा कैलाली र कञ्चनपुरका किसानले लागत मूल्यसमेत पाउन नसकेको गुनासो गर्दै आएका थिए । यस वर्ष प्रदेश र स्थानीय सरकारलेसमेत किसानलाई सहज नगरिदिएको उनीहरूको गुनासो छ ।

सरकारले यस वर्ष मोटो धानको मूल्य प्रतिक्विन्टल दुई हजार तीन सय ३१ रुपैयाँ तोकेको छ भने गत वर्ष त्यो मूल्य दुई हजार दुई सय थियो । मध्यम धानको मूल्य दुई हजार चार सय ६० रुपैयाँ प्रतिक्विन्टल तोकिएको छ । गत वर्षभन्दा यो वर्षको मूल्यमा १२ पैसा मात्र बढी हो । तर किसानले बजारमा क्विन्टलको १९ सय रुपैयाँमा धान बिक्री गरिरहेका छन् ।

प्रकाशित मिति : २०७५, ११ कार्तिक आईतबार  ७ : ०२ बजे

एमालेको नेतृत्व निर्माण बन्द सत्रबाट हुनेछ : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे