२०८३, २३ भाद्र बुधबार

यात्रु तान्न बुद्ध र यतिको भाडा छुट

यात्रु तान्न बुद्ध र यतिको भाडा छुट


काठमाडौँ, १० कात्तिक : निजी क्षेत्रका ठूला वायु सेवा प्रदायक कम्पनी बुद्ध एयर र यति एयरलाइन्सले यात्री आकर्षित गर्न केही समयका लागि भाडा छुट गरेका छन् । पर्यटकीय क्षेत्र पोखराबाट धेरै सङ्ख्यामा यात्रु तान्न ती कम्पनीले भाडादर रु एक हजार ५०० तोकेका हुन् । मुख्य पर्यटकीय याम शुरु भएको र पोखरामा आन्तरिक तथा विदेशी पर्यटकको चाप बढेकाले बढीभन्दा बढी यात्री आकर्षण गर्न यो ‘अफर’ ल्याइएको कम्पनीको भनाइ छ ।

बुद्ध र यतिले पोखरामा बिहानको पहिलो उडानको भाडादर रु एक हजार ५०० तोकेका छन् । तर यो सहुलियत केही दिनका लागिमा मात्रै हो । अवस्था हेरेर पुनः बढाउन सकिनेछ । सामान्य अवस्थामा काठमाडौँदेखि पोखराको एकतर्फी भाडा रु चार हजार २०० देखि रु पाँच हजार २०० पर्छ । पोखराबाट फर्कने यात्रु राम्रै रहे पनि काठमाडौँबाट पोखरा जाँदा केही कम भएकाले यस्तो ‘अफर’ ल्याइएको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले बताउनुभयो ।

पाँच दिनका लागि ल्याइएको यो योजना आवश्यकताका आधारमा केही समय थप गर्न सकिने उहाँको भनाइ छ । यतिले हालै भित्र्याएको नयाँ एटिआर विमानबाट दशैँ अघिदेखि पोखरा उडन शुरु गरेको थियो । यतिले हाल तीन एटिआर र छ जेटस्ट्रिम विमानबाट उडान भर्दै आएको छ ।

बिहीबारबाट पोखरामा सहुलियत उडान शुरु गरेको बुद्ध एयरले पनि यात्रुको अवस्थालाई मध्यनजर गरी अवधि बढाउनसक्ने जनाएको छ । बुद्धका बजार प्रमुख रुपेश जोशीले यात्रुको आकर्षणका लागि प्रवद्र्धनात्मक भाडा पाँच दिनका लागि कायम गरिएको जानकारी दिनुभयो । बुद्धले छ एटिआरसहित ११ विमानले उडान भर्दै आएको छ । पहिला विमान ७ः०० बजेबाट पहिलो उडान हुने गरेकामा अहिले बुद्धको काठमाडौँबाट पोखराको पहिलो उडान बिहान ६ः१५ बजेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई महीना अघिदेखि बिहान ५ बजे खुलेर ६ बजेबाट आन्तरिक उडान हँुदै आएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १० कार्तिक शनिबार  ७ : ३३ बजे

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४

अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित (तस्बिरहरू)

काठमाडौं । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार

भदौ २४ को विध्वंसको रहस्य खोल्न प्रचण्डको दबाब, ‘दोषी उम्किन दिनु हुँदैन’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष