२०८२, ३१ असार मंगलबार

काभ्रेको मण्डनदेउपुर दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

काभ्रेको मण्डनदेउपुर दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो


काभ्रे, १० कात्तिक : काभ्रेको मण्डनदेउपुर नपा ६ ढकालथोकमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।आज बा ३ च २८७ नं को जिप पल्टिदा २ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा घाइते भएका अन्य ३ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मण्डनदेउपुर ४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्कीको घटनास्थलमै र नेपाल प्रहरीका बहालवाला डिआइजी शुशिल भण्डारीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै काभ्रेको पाँचखाल नगरपालिकास्थित तिनपिप्लेको मोडमा आजै भएको अर्को दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बा ३ क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको हो । मृत्यु हुनेमा तिनपिप्लेकै कमल गौतमकी श्रीमती ५६ वर्षकी रञ्जना गौतम रहेको प्रहरीले जनाएको छ । सो घटनामा मोटरसाइकल चालक श्रीमान घाइते भएको र पछाडि बसेकी श्रीमतीको मृत्यु भएको हो । उनीहरु बनेपा अस्पतालबाट तिनपिप्ले स्थित घर फर्कदै थिए ।

प्रकाशित मिति : २०७५, १० कार्तिक शनिबार  ७ : २१ बजे

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे