२०८३, १ बैशाख बुधबार

राजनीतिक उपलब्धिलाई आर्थिक विकासमा केन्द्रित गरेका छौँ : अध्यक्ष प्रचण्ड

राजनीतिक उपलब्धिलाई आर्थिक विकासमा केन्द्रित गरेका छौँ : अध्यक्ष प्रचण्ड


काठमाडौँ, ९ कात्तिक :नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धिलाई आर्थिक समृद्धिको दिशामा केन्द्रित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । भारतको राजधानी नयाँ दिल्लीमा इण्डिया फाउण्डेशनले आयोजना गरेको ‘नागरिकको घोषणापत्र ः विचार मन्थन’ विषयमा आज प्रवचन दिँदै उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणामार्फत गरीबी, अशिक्षा, भोकमरीबाट मुक्त गर्ने र विकासका आवश्यकता परिपूर्तिका लागि साधन तथा स्रोतको परिचालनमा विशेष ध्यान दिइएको बताउनुभयो ।

संविधानसभाबाट जारी भएको संविधानलाई कार्यान्वयन गर्दै राजनीतिक सङ्क्रमणकालको अन्त्य गरिएको, तीन तहै निर्वाचनपश्चात् राजनीतिक स्थिरता कामय भएको जानकारी दिँदै उहाँले विकास र समृद्धिका लागि आफूहरु दृढताका साथ अगाडि बढेको स्पष्ट पार्नुभयो । नेपाली जनताको भावना र आकांक्षाअनुसार संविधानमा सुधार गर्न सकिने बताउँदै अध्यक्ष प्रचण्डले संविधानले नागरिक मूल्य र मान्यता तथा राष्ट्रिय पहिचानलाई दरिलोसँग ग्रहण गरेको दाबी गर्नुभयो ।

सशस्त्र जनयुद्धमार्फत उठेको जनताको मनोबल ऐतिहासिक शान्ति सम्झौतामार्फत संस्थागत भएको भन्दै उहाँले सामाजिक, राजनीतिक मागलाई संविधानमार्फत जनताले स्वामित्व लिएको बताउनुभयो । आफूले राजनीतिक उतारचढावलाई नियालेको प्रष्ट पार्दै उहाँले ऐतिहासिक शान्ति प्रक्रिया तथा प्रजातान्त्रिक परिवर्तनलाई ‘नागरिक घोषणापत्र’ मार्फत संस्थागत गरेको स्पष्ट पार्नुभयो ।

विकासको गतिलाई माथि उठाउन छिमेकी तथा विश्वका भाइचाराको महत्वपूर्ण सहयोग प्राप्त भएकोप्रति आभार व्यक्त गर्दै उहाँले त्यस्ता सहयोग निरन्तर रहने बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई कुनै शङ्का छैन, तपाईहरु सबै शान्त र समृद्ध नेपालको पक्षमा हुनुहुन्छ । नेपालले शान्ति, स्थायित्व र समृद्धिका दिशामा दक्षिण एशिया मात्र नभई विश्वलाई नै योगदान दिन सक्छ ।”

उहाँले नेपाल र भारतबीच ऐतिहासिक वास्तविकता रहिआएको उल्लेख गर्दै भन्नुभयो, “हामीहरु भौगोलिक, धार्मिक, सांस्कृतिक एवं व्यापारिक दृष्टिकोणले एक आपसमा बाँधिएका छौँ । हामी छिमेकी मात्रै होइनाँै, नजिकको मित्र पनि हौँ ।” अध्यक्ष दाहालले जनता–जनताबीचको अन्तक्र्रिया आदानप्रदान दुई देशबीचको अलौकिक सम्बन्धको चूरो भएको बताउँदै यसलाई सौहाद्र्र, हार्दिकता, सहकार्य, समान सार्वभौमिकताप्रतिको आपसी सम्मानको जगलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो । नेपाल र भारतले आपसी सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “समयको बहाव तथा जनताको आकांक्षाअनुसार सम्बन्धले थप नयाँ उचाइ लिनेछ ।” अध्यक्ष दाहाल आज बिहान मात्रै सोही सम्मेलनलाई सम्बोधन गर्न नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ९ : १२ बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको