२०८२, २५ फाल्गुन मंगलबार

क्रिकेटको विश्वकप ट्रफी नेपालमा

क्रिकेटको विश्वकप ट्रफी नेपालमा


काठमाडौँ, ९ कात्तिक: इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइएको छ । संयुक्त अरब इमिरेट्स (युएइ)बाट विश्वकप ट्रफी आज नेपाल ल्याइएको हो । सोमबारसम्म नेपालमा राखिने उक्त ट्रफी आजै साँझ स्वयम्भूमा लगेर सार्वजनिक गरिएको छ । स्वयम्भूमा गरिएको प्रदर्शनीमा क्रिकेटका समर्थकको बाक्लो उपस्थिति थियो ।

आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलेका अनुसार शनिबार बिहान ट्रफी पोखरा क्रिकेट रङ्गशाला लगिनेछ । पोखरा प्रिमियर लिग (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ति रहेकाले ट्रफी त्यहाँ लैजान लागिएको हो । घिमिरेले भन्नुभयो, “ट्रफी टुरको मुख्य उद्देश्य क्रिकेटको क्रेज बढाउनु र पर्यटन प्रवद्र्धन गर्नु हो, पोखरा रङ्गशालाका साथै फेवाताल र सराङकोटसम्म पु¥याउने तालिका छ, समयले भ्याएसम्म रुपा ताल र बेगनास तालसम्म ट्रफी पु¥याइनेछ ।”

शनिबार बेलुकी पोखराबाट पुनः काठमाडौँ ल्याइ कात्तिक ११ गते चन्द्रागिरि लगेर प्रदर्शनीमा सञ्चारकर्मीलाई तस्बीर खिच्न दिइने छ । सोही दिन वसन्तपुर दरबार क्षेत्रमा राखी क्रिकेट समर्थक र सर्वसाधारणलाई ट्रफीसँग तस्बीर खिच्न दिइनेछ । नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा सो ट्रफी यहाँ ल्याइएको बताइएको छ । निशान कम्पनीको सहायताले एक सय दिने विश्व भ्रमणमा रहेको ट्रफी टुर ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) हुँदै नेपाल ल्याइएको हो । ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै इङ्ग्ल्याण्ड लगिनेछ । ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने जनाइएको छ ।

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ८ : ५९ बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल