२०८३, १ आश्विन शुक्रबार

अन्तरदेशीय विद्युतीय सम्पर्क सञ्जाल विस्तारमा जोड : सञ्चारमन्त्री बाँस्कोटा

अन्तरदेशीय विद्युतीय सम्पर्क सञ्जाल विस्तारमा जोड : सञ्चारमन्त्री बाँस्कोटा


काठमाडौँ, ९ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले डिजिटल कनेक्टिभिटीमा साझा अवधारणाका साथ अघि बढ्ने बताउनुभएको छ । भारत सरकारको सञ्चार मन्त्रालयको निमन्त्रणामा नयाँ दिल्लीमा यही कात्तिक ८ देखि १० गतेसम्म आयोजित भारतीय मोबाइल कङ्ग्रेस –२०१८ र मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले दक्षिण एशिया र दक्षिण पूर्वी एशियाको गौरवपूर्ण इतिहास, ज्ञानले भरिपूर्ण पूर्वीय दर्शनको विस्तारमा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने हुँदा यसका लागि प्रविधिको उच्चतम उपयोग गरिनेछ भन्नुभयो ।

सम्मेलनमा मन्त्री बाँस्कोटाले नेपालमा लामो संक्रमणकालपछि राजनीतिक स्थायित्व आएको र स्थिर सरकार बनेको अवस्थामा अबको नेपालको यात्रा “समृद्ध नेपाल, सुखी नेपाली” बनाउने रहेको बताउँदै यसमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्नुभएको थियो । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) र आसियनका सञ्चारमन्त्रीहरु सहभागी रहेको उक्त सम्मेलनमा मन्त्री बाँस्कोटाले विपद् व्यवस्थापनका लागि क्षेत्रीय रुपमा साझा कार्ययोजना बनाइ यस क्षेत्रको डिजिटल डिभाइडलाई कम गर्न र हरित सूचना प्रविधिको विकास तथा विस्तार गर्न एवम् यस क्षेत्रमा क्षमता अभिवृद्धि गर्न सहकार्य गर्नुपर्नेलगायत विषयमा धारणा राख्नुभएको थियो ।

त्यसैगरी मन्त्री बाँस्कोटाले साउथ एशिया सुब्रिजनल इकोनोमिक कर्पोरेसन इन्फरमेसन हाईवे विस्तार गरी यस्तै अर्को प्रकारको कुनै परियोजनामार्फत यस क्षेत्रका देशहरुलाई जोड्नुपर्ने बताउनुभएको थियो । काठमाडौँमा आयोजित चाँैथो बिम्स्टेकको घोषणापत्रमा उल्लेख भएअनुसार यस क्षेत्रको विकास र समृद्धिमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग कसरी प्रभावकारी रुपमा गर्न सकिन्छ, सोका लागि एक कार्यदल गठन गर्नुपर्ने तथा टेलिफोनका रोमिङ र टेलिफोन दर घटाउन सहकार्य गर्नुपर्ने धारणा राख्नुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणका क्रममा सञ्चारमन्त्री बाँस्कोटा र भारतीय सञ्चार राज्यमन्त्री (स्वतन्त्र प्रभाग) र रेल राज्यमन्त्री मानेज सिन्हाबीच द्विपक्षीय भेटवार्ता भएको थियो । उक्त भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धका साथै सञ्चारका क्षेत्रमा दुई देशबीच आपसी हित र राष्ट्रको प्राथमिकताका आधारमा सहयोग तथा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । सञ्चार क्षेत्रमा आपसी हितमा साझा कार्य तथा राष्ट्रिय प्राथमिकताको क्षेत्र निर्धारण गरी सोही आधारमा मिलेर काम गर्नुपर्छ भन्नेबारे आफूहरुबीच छलफल भएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ८ : ५४ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी