२०८३, ३० जेष्ठ आईतबार

समाजवादी सिद्धान्तमा गल्ती नभई लागू गर्न नसक्नु कमजोरी भयोः यचुरी

समाजवादी सिद्धान्तमा गल्ती नभई लागू गर्न नसक्नु कमजोरी भयोः यचुरी


काठमाडौँ, ९ कात्तिक : भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम येचुरीले लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट नेपालमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार गठन भएबाट विश्वका कम्युनिष्टलाई प्रोत्साहन मिलेको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित भारतीय कम्युनिष्ट आन्दोलनको अनुभवसम्बन्धी अन्तक्र्रियामा उहाँले अन्तरर्विरोधलाई सही ढङ्गले बुझेर अघि बढेमा मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ भन्ने अनुभव मिलेको धारणा व्यक्त गर्नुभयो ।

सिद्धान्तमा गल्ती नभई समाजवाद लागू गर्न नसकेकामा सोभियत सङ्घको अवसान भएको बताउँदै महासचिव येचुरीले गल्तीलाई नस्वीकार्नु र सुधार गर्न नचाहनु चाहिँ गल्ती हुने स्पष्ट गर्नुभयो । राजनीतिक, साङ्गठनिक र अन्य कारणले भारतीय कम्युनिष्ट पार्टीको आन्दोलन र कार्यसूचीलाई प्रभावकारी तुल्याउन नसकिएको उल्लेख गर्नुभयो । बङ्गालमा आफ्ना २०० कार्यकर्ताको हत्या भएकाले सङ्गठन कमजोर भएको जानकारी उहाँले दिनुभयो ।

देशको परिस्थितिलाई बुझेर ठीक समयमा ठोस निर्णय गरेर अघि बढ्नुपर्छ भन्ने पाटोलाई सबैले मनन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्दै उहाँले नेपालमा देखिएको कम्युनिष्ट पार्टीको आन्दोलन निकै प्रभावकारी बनेको विचार प्रकट गर्नुभयो ।

अभ्यास र सिद्धान्तबीच एकार्कालाई तालमेल मिलाएर लैजान आवश्यक रहेको सुझाव दिँदै महासचिव येचुरीले सङ्गठनलाई अघि बढाउने सिलसिलामा आउने चुनौतीको समयमै सम्बोधन गर्न सक्नुपर्छ भन्नुभयो । एक प्रश्नको उत्तरमा उहाँले कम्युनिष्ट पार्टीमा को दलितको ब्राह्मण भन्ने विषय नै नउठ्ने जनाउँदै जातीय विषयलाई समाजवादले मात्र हल गर्न सक्ने विचार व्यक्त गर्नुभयो ।

भारतीय र नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै घनिष्ठ र सुमधुर रहेको बताउँदै महासचिव येचुरीले भन्नुभयो, “जो शासनमा पुग्छ, त्यसैको नाममा वाद जोड्ने अभ्यासमा भने सुधार ल्याउन आवश्यक छ ।” नेपाल र भारतबीच ठूलो र सानो नभई जुम्ल्याहा भाइको जस्तो सुमधुर र घनिष्ठ सम्बन्ध रहेको पनि महासचिव येचुरीले उल्लेख गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पुष्पलाल प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले भारतीय कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच धेरै पुरानो र घनिष्ठ सम्बन्ध रहेको बताउनुभयो ।

नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा महासचिव येचुरीलगायत भारतीय वामपन्थी नेताको निकै ठूलो योगदान र भूमिका रहेको उहाँले उल्लेख गर्नुभयो । सरकार, संसद्, स्थानीय तह र संसद् सञ्चालनको लामो अनुभव हासिल गर्नुभएका येचुरी भाकपा (माक्र्सवादी)का पाँचौँ महासचिव हुनुहुन्छ ।

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ६ : ३४ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क