२०८२, १२ पुस शनिबार

काठमाडौंमा बढ्यो डेंगु संक्रमण

काठमाडौंमा बढ्यो डेंगु संक्रमण


काठमाडौं, कात्तिक ९ : राजधानीमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या बढेको समाचार आजको कान्तिपुरले पृष्ठ २ मा छापेको छ । पछिल्ला दिन बालाजु, ढुंगेधारा क्षेत्रमा यसको संक्रमण देखिएको छ ।

‘ढुंगेधारास्थित निजी क्लिनिकका चिकित्सकले दसैंअगावै त्यहाँ ७ जनामा डेंगु देखिएको रिपोर्ट गरेका थिए,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक विवेककुमारलालले भने, ‘हालसम्म प्राप्त जानकारी विश्लेषण गर्दा त्यस क्षेत्रमा डेंगु फैलन सुरु भइसकेको छ।’

नेपालमा सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए । ती विदेशी नागरिक थिए । २००६ मा चितवनमा भने यो प्रकोपकै रूपमा देखियो । २०१० मा सबभन्दा बढी ९ सय १७ बिरामी भेटिएका थिए । तीमध्ये पाँच जनाको मृत्यु भयो । विश्व स्वास्थ्यसंगठनका अनुसार केही दशकयता डेंगु संक्रमण नाटकीय ढंगले बढेको छ ।

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ६ : २७ बजे

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको

प्रतिनिधिसभा निर्वाचनः को–को पर्छन् अस्थायी मतदाता ?

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा