२०८२, २१ असार शनिबार

बोक्सी भन्दै मलमूत्र खुवाउन खोज्ने युवती पक्राउ

बोक्सी भन्दै मलमूत्र खुवाउन खोज्ने युवती पक्राउ


सप्तरी, ८ कात्तिक : बोक्सी भन्दै छिमेकीलाई मलमूत्र खुवाउन खोज्ने तिरहुत गाउँपालिका– २ मैनाकडेरी बडहराकी एक युवतीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

गत असोज २२ गते शौचालयबाट लोटामा मलमूत्र ल्याई सोही ठाउँकी ४० वर्षीया मानवतीदेवी रामलाई खुवाउने प्रयास गरी कुटपिट गरेको आरोपमा २२ वर्षीया सुनिता रामलाई पक्राउ गरी आज जिल्ला अदालतमा पेश गरिएको प्रहरी निरीक्षक प्रतीक विष्टले बताउनुभयो । पीडितले गत असोज २३ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् । पीडितको प्राथमिक स्वास्थ्य केन्द्रमा सोही दिन उपचार तथा स्वास्थ्य परीक्षण भएको थियो ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ९ : १७ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न