२०८३, २१ आश्विन बिहीबार

निर्मला बलात्कार–हत्या प्रकरणः एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त

निर्मला बलात्कार–हत्या प्रकरणः एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त


काठमाडौं, कात्तिक ८ : गृह मन्त्रालयले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरणमा निलम्बित कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई बर्खास्त गरेको छ ।बलात्कारपछिको हत्या प्रकरणको छानबिनमा लापरबाही गरेको भन्दै बिहीबार विष्ट र भट्टलाई प्रहरी सेवाबाटै बर्खास्त गरिएको हो ।

उनीहरुलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बर्खास्त गर्ने निर्णय गरेको हो ।विष्ट र भट्टसँग दुईपटक स्पष्टीकरण सोधिएपनि उनीहरुबाट चित्तबुझ्दो जवाफ नआएकाले सेवाबाटै बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा गत साउन ११ गते शव फेलापरेको थियो ।प्रहरी प्रशासनले अहिलेसम्म हत्यारालाई पक्राउ गर्न सकेको छैन ।विष्ट र भट्टलाई गृह मन्त्रालयले ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठरिने’ गरी बर्खास्त गरिएको जनाएको छ । यसबाट भने विष्ट र भट्टले पुनः सरकारी जागिर खानसक्ने देखाएको छ ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ९ : ०२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको