२०८२, २४ माघ शनिबार

निर्मला बलात्कार–हत्या प्रकरणः एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त

निर्मला बलात्कार–हत्या प्रकरणः एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त


काठमाडौं, कात्तिक ८ : गृह मन्त्रालयले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरणमा निलम्बित कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई बर्खास्त गरेको छ ।बलात्कारपछिको हत्या प्रकरणको छानबिनमा लापरबाही गरेको भन्दै बिहीबार विष्ट र भट्टलाई प्रहरी सेवाबाटै बर्खास्त गरिएको हो ।

उनीहरुलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बर्खास्त गर्ने निर्णय गरेको हो ।विष्ट र भट्टसँग दुईपटक स्पष्टीकरण सोधिएपनि उनीहरुबाट चित्तबुझ्दो जवाफ नआएकाले सेवाबाटै बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा गत साउन ११ गते शव फेलापरेको थियो ।प्रहरी प्रशासनले अहिलेसम्म हत्यारालाई पक्राउ गर्न सकेको छैन ।विष्ट र भट्टलाई गृह मन्त्रालयले ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठरिने’ गरी बर्खास्त गरिएको जनाएको छ । यसबाट भने विष्ट र भट्टले पुनः सरकारी जागिर खानसक्ने देखाएको छ ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ९ : ०२ बजे

निर्वाचन आयोगको दाबी: अब ढुक्कसँग निर्वाचन हुन्छ, बिथोल्न कसैले सक्दैन

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय