२०८३, ३१ असार बिहीबार

काभ्रेको बनेपामा रिक्सा चलाउने बखतबहदुर बेपत्ता, खोजी गरिदिन श्रीमतिको अनुरोध

काभ्रेको बनेपामा रिक्सा चलाउने बखतबहदुर बेपत्ता, खोजी गरिदिन श्रीमतिको अनुरोध


बनेपा ८ कात्तिक  :  काभ्रेको बनेपा बजारमा रिक्सा चलाउँदै आएका रिक्सा चालक बेपत्ता भएका छन् । सिन्धुली जिल्ला साविकको पुराना झाँगाझोली गाविस वडा नं ८ घर भई बनेपा नगरपालिका वडा नं ९ शाही टोल बस्ने वर्ष ४२ को बखतबहादुर तामाङ कार्तिक २ बाट बेपत्ता भएको परिवार स्रोतले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका इन्पेक्टर निरन्जन भट्टराईका अनुसार बेपत्ता तामाङको खोजी कार्य जारी रहेको बताएका छन् । बेपत्ता तामाङका श्रीमति शान्त कुमारी तामाङले पतिको खोजी गर्न अनुरोध समेत गरेकी हुन् ।

बनेपामा विगत १५ बर्षदेखि रिक्सा चलाउदै आएका तामाङ यस पटक दशैंमा घर गएका थिएनन् । उनका श्रीमति शान्त एक छारो र दुई छोरी भने दशैंमा घर गएका थिए ।

कात्तिक ५ गते छोरीहरु बनेपाको कोठामा आएका थिए । तर कोठामा बुबालाई देखेनन् ।  कार्तिक २ गते राति १२ बजेसम्म कोठामै रहेको बेपत्ता तामाङसँगै सुतेका अर्का रिक्सा चालक शर्मा गोलेको भनाईलाई उदृत गर्दै श्रीमति तामाङले बताइन । तामाङ फेला परेमा आफ्नो मोवाइल नम्बर ९८२३८०२७०९ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ८ : ३८ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित