२०८३, ३० असार बुधबार

‘दोषीलाई कारवाही नहुँदा महिला हिंसा बढ्यो’

‘दोषीलाई कारवाही नहुँदा महिला हिंसा बढ्यो’


काठमाडौँ, ८ कात्तिक : पछिल्लो तीन महिनामा राष्ट्रिय महिला आयोगमा महिला हिंसा र घरेलु हिंसासम्बन्धी साढे चार सय उजुरी परेको छ । चालु आर्थिक वर्षको गत साउनदेखि कात्तिक ७ गतेसम्ममा आयोगमा सीधै र आयोगले सञ्चालन गरेको निःशुल्क सेवा ११४५ मार्फत ४५१ उजुरी परेको आयोगले जनाएको छ । यहाँ आज आयोजित अन्तत्र्रिmयामा आयोगका सचिव अनिलकुमार ठाकुरले पहिलेको तुलनामा पछिल्लो पटक आयोगमा महिला हिंसासम्बन्धी उजुरी झन् झन् बढ्दै गएको बताउनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले महिला हिंसा अन्त्यका लागि भएका ऐन÷कानूनको कडाइका साथ कार्यान्वयन गर्नाका साथै चेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रहरी, महिला बालबालिका सेवा निर्देशनालयका प्रहरी उपरीक्षक किरण रानाले दिन प्रतिदिन महिला हिंसाका घटना बढ्दै गएको बताउँदै महिला हिंसा अन्त्यका लागि पुरुषको पनि उत्तिकै हात हुने धारणा व्यक्त गर्नुभयो । महिला अधिकारकर्मी रमा पराजुलीले बलात्कारका घटनामा संलग्न दोषीलाई सरकारले कारवाही गर्न नसकेको आरोप लगाउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ७ : १८ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै