२०८२, १४ माघ बुधबार

व्यास नगरपालिकाका मेयर ‘नगर प्रमुखहरूको विश्व संसद’मा निर्वाचित

व्यास नगरपालिकाका मेयर ‘नगर प्रमुखहरूको विश्व संसद’मा निर्वाचित


दमौली, ८ कात्तिक : व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको छ । बेलायतको व्रिष्टोल शहरमा सम्पन्न नगर प्रमुखहरूको सम्मेलनबाट न्यौपाने कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको हो ।

उक्त सम्मेलनमा व्यास नगर प्रमुख न्यौपाने उपस्थित नभए पनि कार्यकारी सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो । उक्त सम्मेलनले न्यौपानेसहित आठ जनालाई कार्यकारी सदस्यमा निर्वाचित गरेको छ । नयाँ निर्वाचित कार्यसमितिमा जर्मनीको मेनहम नगरका प्रमुख पिटर क्रुज, बेलायतको व्रिष्टोल नगरका प्रमुख मार्भिन रिज, इटालीको पालेर्मो नगरका प्रमुख लियो लुका ओर्लाण्डो, युगाण्डाको होइमा नगरपालिकाका प्रमुख ग्रेस मेरी मुगासा, नर्वेको स्टेभेङ््गजर नगरका प्रमुख क्रिष्टिन सेगन हेल्गो, अमेरिकाको कोलम्बिया नगरका प्रमुख स्टेफेन के बेनजामिन र लाइवेरियाको मोनरोभिया नगरका प्रमुख जेफर्सन टम्बा कोइजी रहनुभएको छ ।

उक्त सम्मेलनले शहरी बसाइसराइलाई मानवीय ढङ्गले व्यवस्थित गर्ने शहरी सुरक्षा र शहरी स्वास्थ्य क्षेत्रमा सम्बन्धित विश्व सङ्गठन र क्षेत्रीय सङ्गठनसँग समन्वय गरी कार्य गर्ने प्रतिबद्धतासहित घोषणापत्र समेत जारी गरेको छ ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ८ : ४१ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार