२०८२, २८ चैत्र आईतबार

व्यास नगरपालिकाका मेयर ‘नगर प्रमुखहरूको विश्व संसद’मा निर्वाचित

व्यास नगरपालिकाका मेयर ‘नगर प्रमुखहरूको विश्व संसद’मा निर्वाचित


दमौली, ८ कात्तिक : व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको छ । बेलायतको व्रिष्टोल शहरमा सम्पन्न नगर प्रमुखहरूको सम्मेलनबाट न्यौपाने कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको हो ।

उक्त सम्मेलनमा व्यास नगर प्रमुख न्यौपाने उपस्थित नभए पनि कार्यकारी सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो । उक्त सम्मेलनले न्यौपानेसहित आठ जनालाई कार्यकारी सदस्यमा निर्वाचित गरेको छ । नयाँ निर्वाचित कार्यसमितिमा जर्मनीको मेनहम नगरका प्रमुख पिटर क्रुज, बेलायतको व्रिष्टोल नगरका प्रमुख मार्भिन रिज, इटालीको पालेर्मो नगरका प्रमुख लियो लुका ओर्लाण्डो, युगाण्डाको होइमा नगरपालिकाका प्रमुख ग्रेस मेरी मुगासा, नर्वेको स्टेभेङ््गजर नगरका प्रमुख क्रिष्टिन सेगन हेल्गो, अमेरिकाको कोलम्बिया नगरका प्रमुख स्टेफेन के बेनजामिन र लाइवेरियाको मोनरोभिया नगरका प्रमुख जेफर्सन टम्बा कोइजी रहनुभएको छ ।

उक्त सम्मेलनले शहरी बसाइसराइलाई मानवीय ढङ्गले व्यवस्थित गर्ने शहरी सुरक्षा र शहरी स्वास्थ्य क्षेत्रमा सम्बन्धित विश्व सङ्गठन र क्षेत्रीय सङ्गठनसँग समन्वय गरी कार्य गर्ने प्रतिबद्धतासहित घोषणापत्र समेत जारी गरेको छ ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ८ : ४१ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४