२०८३, १३ जेष्ठ बिहीबार

स्वास्थ्य मन्त्रालयको १२औँ तहकाे दुई दरबन्दी डेढ वर्ष देखि खाली

स्वास्थ्य मन्त्रालयको १२औँ तहकाे दुई दरबन्दी डेढ वर्ष देखि खाली


काठमाडौं, कात्तिक ८ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२औँ तह (प्रमुख विशेषज्ञ)को दुई दरबन्दी डेढ वर्षदेखि रिक्त छ । मन्त्रालयमा १२औँ तहका तीन दरबन्दी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागमा गरी दुई प्रमुख विशेषज्ञको दरबन्दी रिक्त रहेको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनालले जानकारी दिए । मन्त्रालयबाट भर्खरै प्रधानमन्त्री कार्यालयमा तानिएकी सचिव डा. पुष्पा चौधरीले बढुवा सिफारिसमा अग्रसरता नदेखाउँदा प्रमुख विशेषज्ञको तीनमध्ये दुई पद रिक्त रहेको हो ।

प्रमुख विशेषज्ञको दरबन्दी खाली रहेको लोकसेवालाई पनि जानकारी गराइएको छैन । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले रिक्त दरबन्दीबारे जानकारी नआएको बताए । मैनालीले भने, ‘बढुवा समितिको सदस्यसचिवको हैसियतले स्वास्थ्य सचिवले दरबन्दी रिक्त रहेको जानकारी गराउनुपर्ने हो, तर यस विषयमा आयोगलाई कुनै जानकारी छैन ।’ १२औँ तह सचिवसरहको पद हो । मन्त्रालयका अनुसार हालसम्म बढुवा सिफारिस समितिको बैठक बस्न सकेको खबर अाजकाे नयाँ पत्रिकाले लेखेकाे छ ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ६ : ५९ बजे

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण

इजरायल जान नेपाली युवाको भीड, यस्तो छ केयरगिभर बन्ने ‘गोल्डेन चान्स’

काठमाडौं । वैदेशिक रोजगारीमा उच्च आम्दानी खोजिरहेका नेपाली युवाका लागि

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर