२०८३, ६ कार्तिक शुक्रबार

स्वास्थ्य मन्त्रालयको १२औँ तहकाे दुई दरबन्दी डेढ वर्ष देखि खाली

स्वास्थ्य मन्त्रालयको १२औँ तहकाे दुई दरबन्दी डेढ वर्ष देखि खाली


काठमाडौं, कात्तिक ८ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२औँ तह (प्रमुख विशेषज्ञ)को दुई दरबन्दी डेढ वर्षदेखि रिक्त छ । मन्त्रालयमा १२औँ तहका तीन दरबन्दी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागमा गरी दुई प्रमुख विशेषज्ञको दरबन्दी रिक्त रहेको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनालले जानकारी दिए । मन्त्रालयबाट भर्खरै प्रधानमन्त्री कार्यालयमा तानिएकी सचिव डा. पुष्पा चौधरीले बढुवा सिफारिसमा अग्रसरता नदेखाउँदा प्रमुख विशेषज्ञको तीनमध्ये दुई पद रिक्त रहेको हो ।

प्रमुख विशेषज्ञको दरबन्दी खाली रहेको लोकसेवालाई पनि जानकारी गराइएको छैन । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले रिक्त दरबन्दीबारे जानकारी नआएको बताए । मैनालीले भने, ‘बढुवा समितिको सदस्यसचिवको हैसियतले स्वास्थ्य सचिवले दरबन्दी रिक्त रहेको जानकारी गराउनुपर्ने हो, तर यस विषयमा आयोगलाई कुनै जानकारी छैन ।’ १२औँ तह सचिवसरहको पद हो । मन्त्रालयका अनुसार हालसम्म बढुवा सिफारिस समितिको बैठक बस्न सकेको खबर अाजकाे नयाँ पत्रिकाले लेखेकाे छ ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ६ : ५९ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट