२०८३, १६ आश्विन शनिबार

यात्रुसँग तेब्बर भाडा असुल्दै सवारी साधन

यात्रुसँग तेब्बर भाडा असुल्दै सवारी साधन


काठमाडौँ, ७ कात्तिक: चाडपर्वको मौका छोपेर धादिङका विभिन्न सडक खण्डमा चल्ने सवारी साधनले मनपरी भाडा असुलिरहेका छन् । काठमाडौँ दार्खा, गुम्दीलगायत ठाउँमा गुड्ने सवारी साधनले बीच बाटामा झर्ने यात्रुसँग समेत पूरै रकम असूली गरेका छन् । टोड्के बजार, चरङ्गे, लपाण्ङलगायत ठाउँका व्यक्तिले दार्खासम्मको भाडा तिर्नुपरेको छ । टिकट काउण्टरबाटै यात्रुसँग मनपरी भाडा लिएर सर्वसाधारण जनताको ढाड सेकाउने काम भइरहेको यात्रुको गुनासो छ ।

धादिङका ग्रामीण सडकमा गुड्ने साना जीप, बलेरो, ट्याक्सीलगायत सवारी साधनले निर्धारितभन्दा दोब्बर बढी भाडा लिइरहेका छन् । काठमाडौँ –टोड्के भञ्ज्याङ खण्डमा यसअघि रु ३३० भाडा लिने गाडीले अहिले रु ८०० सम्म भाडा लिएका छन् । दशैँ बित्न लाग्दासमेत धादिङको उत्तरी सडक खण्डमा गुड्ने सवारीले जथाभावी भाडा असुलेका छन् । यस्तै धादिङ– आरुघाट खण्डमा समेत निर्धारित दरभन्दा दोब्बर बढीसम्म भाडा लिइएको छ ।

चाडपर्वका बेला यात्रुको सङ्ख्या उच्च हुने मौका छोपेर व्यवसायीले भाडामा मोलमोलाइ गर्ने गरेका छन् । यस वर्ष सवारी साधन जाँचमा कडाइ गरिएको भनिए पनि सार्वजनिक यातायात साधनले क्षमताभन्दा दोब्बर–तेब्बरभन्दा बढी यात्रु बोक्ने, छतमा यात्रु राखेर गुडाउने, यात्रुभन्दा बढी सामानसमेत बोकेर हिँड्ने, बढी भाडा असुल्नेलगायत गतिविधि गरिरहेका छन् । रिजर्भका नाममा सवारी साधनले तेब्बर बढीसम्म भाडा लिएर यात्रुलाई ठग्ने काम भएको छ । सवारी साधनको कमी र यात्रुको सङ्ख्या बढी भएको भन्दै व्यवसायीले यात्रुबाट मनपरी भाडा असुल्ने गरेको जनाइएको छ ।

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ६ : ४४ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार