२०८२, ९ भाद्र मंगलबार

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण, देवगणलाई दोब्बर दक्षिणा

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण, देवगणलाई दोब्बर दक्षिणा


भक्तपुर, ७ कात्तिक: बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गर्नुभएको छ । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे मन्दिरमा पुगेर नवदुर्गाको पूजा एवं दर्शन गरेर प्रसाद ग्रहण गर्नुभएको हो । नवदुर्गाका मूल पुजारी जुलाल कर्माचार्यले राष्ट्रपतिलाई नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद प्रदान गर्नुभयो भने अर्का पुजारी इन्द्रबहादुर वनमालाले उहाँलाई नवदुर्गाको प्रसाद फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्नुभयो ।

त्यसक्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले नवदुर्गाका पुजारी, नाइके र देवगणलाई जनही रु एक हजार पाँचका दरले दक्षिणा प्रदान गर्नुभयो । राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, प्रदेशसभाका सदस्यद्वय शशिजंग थापा, डा राजेन्द्रमान श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, गुठी कार्यालयका प्रमुख, सरकारी कार्यालयको कर्मचारी लगायतले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो ।

यसअघि राष्ट्रपतिले दक्षिणा रु ५०५ दक्षिणा प्रदान गर्दै आएकामा यस वर्ष भने दक्षिणा दोब्बर पाएको देवगणले बताएका छन् । नवदुर्गा जात्रा सञ्चालनका लागि वर्षको करीब रु १० लाख खर्च हुने तर रकम कतैबाट नआउँदा प्रसिद्ध जात्रा नै सङ्कटमा परेको देवगणले गुनासो गरेका छन् । देवगणले नवदुर्गा जात्रा र पर्व चलाउन आर्थिक समस्या आएको र देवगणको अवस्था पनि कमजोर हुँदै गएकाले सरकारले उचित रकमको व्यवस्था गर्न राष्ट्रपतिसमक्ष माग गरेका थिए ।

राष्ट्रपति भण्डारीलाई तलेजुका मूल नाइके जोशीले तलेजुको प्रसाद प्रदान गर्दै कुमारीको मासिक भत्ता बढाइदिन आग्रह गर्नुभएको थियो । उहाँले तलेजुका समस्याका बारेमा समेत जानकारी गराउनुभएको थियो । राष्ट्रपतिले देवगणलाई अब आर्थिक समस्या बोकेर राष्ट्रपतिसम्म आउनु नपर्ने बताउँदै तीन तहको सरकार भएकाले समस्याको समाधान स्थानीय सरकारबाट हुने बताउनुभएको नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान वनमालाले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले सांसद बस्नेतलाई समस्या बुझ्न र समाधान खोजिदिन आग्रह गरेको र प्रदेश तथा स्थानीय सरकार एवं प्रमुख जिल्ला अधिकारीमार्फत समस्याको समाधान गर्न सकिने सुझाव दिनुभएको उहाँले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीलाई न्यूनदृष्टियुक्त ध्वंसि शाक्य र कृष्णराम चित्रकारले तयार पारेको राष्ट्रपतिको मुहारचित्र प्रदान गर्नुभएको थियो । नवदुर्गा मन्दिरमा राष्ट्रपतिले करीब २० मिनेट पूजाअर्चना गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ६ : १३ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको