२०८३, ३० असार बुधबार

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाइने

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाइने


काठमाडौँ, ७ कात्तिक: शहरी विकास मन्त्रालयले भक्तपुरस्थित सानोठिमी क्याम्पस पछाडिको जग्गामा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाउने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले नेपाल नागरिक उड्डययन प्राधिकरणका नाममा रहेको १८९ रोपनी जग्गामा सो भवन बनाउन तयारी गरिएको जानकारी दिनुभयो । मन्त्रालयले ५८ रोपनी जग्गामा मात्र भवन बनाउन प्रस्ताव गरेकामा मन्त्रिपरिषद् बैठकले पूरै जग्गा ओगट्न निर्णय गरी सोमबार पत्राचार गरेको बताइएको छ ।

“चालू आर्थिक वर्षमा भवनको डिजाइन सकेर टेण्डर गर्छौंँ, आगामी आवको शुरुदेखि नै निर्माण शुरु हुन्छ”, उहाँले भन्नुभयो, “प्रारम्भिक अनुमानअनुसार भवन बनाउन रु ५० करोड लाग्नेछ, निर्माणको वास्तविक लागत डिजाइनपछि सार्वजनिक हुनेछ ।” पाँच हजार सिट क्षमताको सो भवनको एक हजार सिटमा मात्र टेबलको व्यवस्था गरिनेछ । यस्तै सातै प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पर्क कार्यालका लागि समेत भवन बनाउन अध्ययन शुरु गरिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिनुभयो । सांसद आवास भवन बनाउन छुट्याइएको भैँसेपाटीको जग्गामा सो कार्यालय स्थापना गर्न अध्ययन शुरु गरिएको हो ।

काठमाडौँ उपत्यका वरपरका नगरपालिकालाई स्याटेलाइट सिटी, स्मार्ट सिटी, मेगा सिटी एवं मेट्रो सिटीका रुपमा विकास गर्न लागिएको बताइएको छ । संयुक्त राष्ट्र सङ्घ (युएन) पार्क विकास समितिसमेत गाभिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको नेतृत्वमा वाग्मतीको पानी सफा बनाउने अभियान पनि जारी राखिनेछ । मन्त्रालयअन्तर्गतका आयोजनाको काम समयमा नगर्ने निर्माण व्यवसायी एवं परामर्शदातालाई कालोसूचीमा राखी कानूनी कारवाहीको प्रक्रिया शुरु गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गत यसअघि ३५ डिभिजन कार्यालय रहेकामा सङ्घीय संरचनानुसार सात प्रदेशमा एकाइसहित १२ कार्यालय रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ६ : ०८ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै