२०८२, २२ कार्तिक शुक्रबार

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाइने

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाइने


काठमाडौँ, ७ कात्तिक: शहरी विकास मन्त्रालयले भक्तपुरस्थित सानोठिमी क्याम्पस पछाडिको जग्गामा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाउने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले नेपाल नागरिक उड्डययन प्राधिकरणका नाममा रहेको १८९ रोपनी जग्गामा सो भवन बनाउन तयारी गरिएको जानकारी दिनुभयो । मन्त्रालयले ५८ रोपनी जग्गामा मात्र भवन बनाउन प्रस्ताव गरेकामा मन्त्रिपरिषद् बैठकले पूरै जग्गा ओगट्न निर्णय गरी सोमबार पत्राचार गरेको बताइएको छ ।

“चालू आर्थिक वर्षमा भवनको डिजाइन सकेर टेण्डर गर्छौंँ, आगामी आवको शुरुदेखि नै निर्माण शुरु हुन्छ”, उहाँले भन्नुभयो, “प्रारम्भिक अनुमानअनुसार भवन बनाउन रु ५० करोड लाग्नेछ, निर्माणको वास्तविक लागत डिजाइनपछि सार्वजनिक हुनेछ ।” पाँच हजार सिट क्षमताको सो भवनको एक हजार सिटमा मात्र टेबलको व्यवस्था गरिनेछ । यस्तै सातै प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पर्क कार्यालका लागि समेत भवन बनाउन अध्ययन शुरु गरिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिनुभयो । सांसद आवास भवन बनाउन छुट्याइएको भैँसेपाटीको जग्गामा सो कार्यालय स्थापना गर्न अध्ययन शुरु गरिएको हो ।

काठमाडौँ उपत्यका वरपरका नगरपालिकालाई स्याटेलाइट सिटी, स्मार्ट सिटी, मेगा सिटी एवं मेट्रो सिटीका रुपमा विकास गर्न लागिएको बताइएको छ । संयुक्त राष्ट्र सङ्घ (युएन) पार्क विकास समितिसमेत गाभिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको नेतृत्वमा वाग्मतीको पानी सफा बनाउने अभियान पनि जारी राखिनेछ । मन्त्रालयअन्तर्गतका आयोजनाको काम समयमा नगर्ने निर्माण व्यवसायी एवं परामर्शदातालाई कालोसूचीमा राखी कानूनी कारवाहीको प्रक्रिया शुरु गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गत यसअघि ३५ डिभिजन कार्यालय रहेकामा सङ्घीय संरचनानुसार सात प्रदेशमा एकाइसहित १२ कार्यालय रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ६ : ०८ बजे

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ

पोखरा । जेन-जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द *‘विप्लव’*लाई भेट्न माओवादी केन्द्रका

सांसदका स्वकीय सचिव कटौतीबारे राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा तीव्र असन्तुष्टि

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा सुरु

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री