२०८३, २३ आश्विन शनिबार

कान्लाको केराखेतीले छोराछोरीलाई विद्यालय

कान्लाको केराखेतीले छोराछोरीलाई विद्यालय


दाङ, ७ कात्तिक पश्चिम दाङको पुरन्धरा गाउँपालिकाको सिमगौराका कान्लाभरी केराखेती देख्न पाइन्छ ।

अहिले त्यहाँका ५० भन्दा बढी किसानले खेर जाने गरेको कान्लामा केराखेती गरेर आफूलाई आर्थिक रुपमा सक्षम बनाउँदै गएका छन् । दैनिकजसो आर्थिक उपार्जनका लागि विदेशिने युवाको सङ्ख्यामा वृद्धि भइरहेका बेला सिमगौराका किसानलाई भने त्यसै खेर गएको कान्लामा केराखेती गरेर उदाहरण देखाएका छन् ।

उनीहरु केराखेती गरेर आफ्नो घर खर्च चलाउन मात्र नभई छोराछोरीलाई विद्यालयमा पठनपाठन गराउन पनि सफल भएका छन् । यस्तैमध्येक एक स्थानीयवासी भीमबहादुर खड्काले १० वर्षदेखि केराखेती गर्नुभएको छ ।

शुरु शुरुमा त त्यति धेरै आम्दानी लिन नसके पनि विस्तारै खेती गर्दै जाँदा वार्षिक रु ७० देखि ८० हजारसम्मको केरा बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । “पहिले पहिले त घर खर्च चलाउन र छोराछोरीलाई पढाउन समस्या हुने गरेको थियो अहिले सो खेतीकै आम्दानीबाट घर चलाउन र छोराछोरी पढाउन सजिलो भएको छ”, उहाँले भन्नुभयो ।

आफ्नो बारीमा उत्पादन भएको केरा बेच्नका लागि कुनै समस्या छैन भन्दै खड्काले बोटमा पाकेको केरा स्थानीय हापुरे बजारसम्म लगेर बेच्ने र काँचो केरा लिन त घरमा नै गाडी लिएर व्यापारी आउने गरेको बताउनुभयो ।

उहाँले बारीको कान्लामा केराका करीब २०० बोट रोप्नुभएको छ । “शुरुमा केराखेती गर्दा व्यावसायिक रुपमा नगरी छिमेकीले कान्लामा रोपेको देखेपछि देखासिकीले केराखेती शुरु गरेको हुँ तर अहिले त विस्तारै राम्रो आम्दानी सजिलै लिन सकिने भएपछि अरु केराका बोट रोपेको छु”, उहाँले भन्नुभयो ।

अहिले त्यहाँका ५० भन्दा बढी घरपरिवारले आफ्नो बारीको कान्लामा केराखेती गर्नुभएको छ । केराखेती गरेर जीवन निर्वाह गर्न सफल अर्का किसान अम्मर वलीले केराका २५० भन्दा बढी बोट रोप्नुभएको छ । केटाबाट आम्दानी गरी घरखर्च र छोराछोरीलाई आवासीय विद्यालयमा पढाउने ओलीले भन्नुभयो, “केराखेतीबाट सोचेभन्दा राम्रो आम्दानी सजिलै लिन सकिने भएको छु, मेहनत पनि त्यति धेरै नलाग्ने भएका कारण म यो खेतीतर्फ आकर्षित भएको हुँ ”, उहाँले बताउनुभयो । उहाँले अब उन्नत जातको केराखेती गर्ने सोच रहेको बताउनुभयो ।
सोही ठाउँकी देउरुपा खड्काले पनि अहिले केराखेती गरेर वार्षिक रुपमा रु ६० हजार आम्दानी लिन सफल हुनुभएको छ । केराखेतीबाट राम्रो आम्दानी छिटो लिन सकिने हुँदा अब उन्नत जातको केराखेती गर्न बबई गाउँपालिकाले सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।

सरकारी तथ्याङ्कानुसार जिल्लाको घोराही उपमहानगरपालिकाका नारायणपुर र हापुर, तुलसीपुर उपमहानगरपालिकाका पवन नगर र हरेवास, शान्ति नगरगाउँपालिकाको पातेटाकुरा र राप्ती गाउँपालिकाको लालमटियामा मुख्य खेतीका रुपमा केराखेती हुने गरेको छ जिल्लामा उत्पादन हुने केरा नपुग्दा भारतीय बजार रुपैडिया र बढनीबाट समेत दाङमा ठूलो परिमाणमा केरा भित्रिने गर्छ ।
–नारायणी रजौरे

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ५ : २३ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि