२०८२, २३ भाद्र सोमबार

दिल्लीमा बन्धक बनाइएका २८ नेपाली महिलाको उद्धार

दिल्लीमा बन्धक बनाइएका २८ नेपाली महिलाको उद्धार


नयाँदिल्ली, कात्तिक ७ :  आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ ।

नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरुको सोमबार स्थानीय प्रहरीले उद्धार गरेको हो ।

२१ देखि ४५ बर्ष उमेरका ती नेपाली महिलालाई वैदेशिक रोजगारीको गिरोहले आकर्षक तलबसहित विभिन्न प्रलोभन दिएर दिल्ली पुर्याएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बन्धक बन्न पुगेका महिलामध्ये केही यसअघि इराक र ओमनमा काम गरेर फर्केका समेत छन् । आजको कान्तिपुरले पृष्ठ ३ मा समाचार छापेको छ ।

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ६ : ४४ बजे

जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो

काठमाडौं । हिंसात्मक बनेको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १७

ट्रमा सेन्टरमा उपचाररत ४९ घाइते, अधिकांशमा गोलीका चोट  (नामावली)

काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा घाइते हुनेहरूको संख्या लगातार बढिरहेको

इटहरी उपमहानगर कार्यालयमा आगजनी, अनिश्चितकालीन कर्फ्यू जारी

विराटनगर । इटहरीमा जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि स्थानीय प्रशासनले

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुरु

काठमाडौं । प्रधानमन्त्री अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा शुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे मन्त्रिपरिषद्