२०८२, २२ चैत्र सोमबार

यल कप ब्याडमिन्टन शनिबारदेखि

यल कप ब्याडमिन्टन शनिबारदेखि


काठमाडौँ, ६ कात्तिक : पाटन शङ्खमूलस्थित इलेभेन स्टार क्लबको आयोजनामा १० औँ यल कप ब्याडमिन्टन प्रतियोगिता–२०७५ शनिबारदेखि शङ्खमूल प्लानिङमा आयोजना हुने भएको छ । ब्याडमिन्टन खेलका माध्यमबाट नगरभित्र रहेका व्यक्तिबीच भ्रातृत्व, एकताका साथै स्वस्थ नागरिक र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै खेलकूद क्षेत्रको विकास गर्ने उद्देश्यले विसं २०६५ देखि आयोजना गरिएको यल कप दशौँ संस्करणसम्म आइपुग्दा यसले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ ।

प्रतियोगिता २०७५ कात्तिक १० देखि १७ गतेसम्म आयोजकको आफ्नै कोर्टमा सञ्चालन हुने अध्यक्ष सानुकाजी महर्जनले जानकारी दिनुभयो । रनिङ शिल्डको रुपमा रहेको दशौँ यल कपमा पुरुष युगल, भेट्रान्स (४५ वर्षमाथि), मिक्स युगल र यु–१५ छात्रतर्फ प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा करीब २०० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता विश्व ब्याडमिन्टन महासङ्घ र नेपाल ब्याडमिन्टन सङ्घको नियमानुसार खेलाइनेछ । करीब रु १२ लाख ६० हजार अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगलतर्फका विजयी पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ३०, रु २० र रु १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै भेट्रान्सतर्फ रु १५, रु १० र रु पाँच हजार तथा मिक्स युगल र यु–१५ तर्फ रु १०, रु सात र रु चार हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ६ : ३७ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर