२०८२, २ पुस बुधबार

‘सरकारको मूल्याङ्कन हुँदैछ’: नेता पौडेल

‘सरकारको मूल्याङ्कन हुँदैछ’: नेता पौडेल


काठमाडौँ, ६ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता देवेन्द्र पौडेलले सरकारको काम गराईको शैलीमाथि मूल्याङ्कन गर्ने काम भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले सरकारले गरेका कामको प्रभावकारिताका विषयमा गम्भीर समीक्षा भइरहेको जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, “मान्छे हेरफेर गर्दैमा प्रभावकारिता आउँदैन तर मन्त्रिपरिषद्मा हेरफेर गर्न छलफल हुन सक्छ ।”

प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युतप्रसाद मैनालीले वर्तमान सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले बाग्लुङ्गमा हावाबाट बिजुली निकाल्ने परियोजना शुरु गरिएको, तिहारपछि सानो आकारको पानी जहाजको सम्भाव्यता अघि बढेको र नेपालको उत्तरी नाकामा राजश्वको उठ्ती २०० प्रतिशतले बढेकोलगायत काम भएको बताउनुभयो ।

नेपाली काङ्ग्रेसका नेता एनपी साउदले स्थिरता र समृद्धिको नारा दिने सरकारले देशलाई समृद्ध बनाउने पक्षमा असफल भएको आरोप लगाउनुभयो । नेकपा (माले) का महासचिव सिपी मैनालीले दुई तिहाइ जनसमर्थनबाट बनेको सरकारले गरेको काम सन्तोषजनक हुन नसकेको जिकिर गर्नुभयो ।

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ६ : २५ बजे

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु, वृद्धवृद्धा बढी सङ्क्रमित

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिसका

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर । बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर भएका श्रम

संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार