२०८२, २४ भाद्र मंगलबार

कोजाग्रत पुर्णिमा भोलि : यी ४ राशिको चम्किनेछ भाग्य

कोजाग्रत पुर्णिमा भोलि : यी ४ राशिको चम्किनेछ भाग्य


दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गर्दछन् ।

कोजाग्रत पूर्णिमालाई शरद पूर्णिमा पनि भन्ने गरिन्छ । दशैंको अन्तिम दिन भोलि दसैँघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष जलघाटमा बिसर्जन गर्ने गरिन्छ । दसैं र नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमात्र समाप्त हुन्छ ।

वर्षको एक पटक यो दिन चन्द्रमाको सोह्र कलाले परिपूर्ण हुने बताइन्छ। विजयादशमीका दिन सुरु भएको टीका जमरा लगाउने क्रम पनि बुधबार सम्पन्हुँदैछ। यस वर्षको शरद पूर्णिमाको रात देखि ४ राशीका व्यक्तिहरुलाई निकै शुभ फल मिल्ने योग बनेको छ । आज हामी तपाईहरुलाई यी ४ राशीको बारेमा बताउन जाँदै छौँ ।

कर्कट राशि  :  यसपाली नवरात्रीभर विधिवत रुपमा नवदुर्गा भवानीको पूजा गर्दा कर्कट राशी भएका व्यक्तिहरुलाई निकै लाभ मिल्ने योग रहेको थियो भने दशैं सकिंदा झन् भाग्य चम्किने देखिएको छ । भोलि कोजाग्रत पूर्णिमाको रातबाट यी राशीका व्यक्तिहरुलाई निकै लाभ मिल्दै जानेछ । यी व्यक्तिहरुलाई नवदुर्गा भवानीको विशेष कृपा मिल्ने हुँदा व्यापार व्यसायमा सफलता मिल्ने र नोकरीमा पदोनत्ति हुने देखिन्छ।

तुला राशि :  वस्तुशास्त्रका अनुसार तुला राशी भएका व्यक्तिहरुको लागि यसपाली नवरात्रीभर राम्रो संयोग बनेको थियो । यस राशीका व्यक्तिहरुलाई नवरात्रीमा हनुमानजीको विशेष कृपा मिल्ने हुँदा अधूर रहेका सम्पूर्ण कामहरु बन्ने र आउने दिनहरुमा लाभ मिल्ने अवसर प्राप्त हुनेछ। यी व्यक्तिहरुलाई पनि शरद पूर्णिमाको रातबाट आफूले सोचे अनुरुप लाभ मिल्नेछ । अधुरा कामहरु सम्पन्न हुँदै जनेछन् भने जीवनभर सुख शान्ति प्राप्त हुने र ठूलो मात्रामा धन लाभगर्ने समय रहेको छ।

वृश्चिक राशि  :  यस राशीका व्यक्तिहरुको घरमा सबै सदस्यको पहलमा ठूलो समस्याको समाधान हुने समय रहेको छ । यी व्यक्तिहरुको आर्थिक पक्ष समेत बलियो बन्दै जानेछ । शरद पूर्णिमाको रात पश्चात समाजमा तपाईहरुको बोलिको प्रभाव पर्नेछ भने मन प्रतिष्ठा प्राप्त गर्न सकिनेछ। स्वास्थ्यमा भने सानो तिनो समस्या आउन सक्ने हुँदा ध्यान पुर्याउन आवश्यक हुनेछ ।

कुम्भ राशि :  कुम्भ राशी हुने व्यक्तिहरुका लागि यसपाली नवरात्रीमा हनुमानजीको विशेष कृपा मिल्ने हुँदा अधिक धनलाभ गर्ने अवसर प्राप्त हुने देखिन्छ। यी व्यक्तिहरुलाई शरद पूर्णिमाको रातपछि जीवनमा निकै लाभ मिल्नेछ भने सोचे अनुरुप काममा सफल हुँदै जनेछन् । यिनीहरुले यो समयलाई सदुपयोग गर्न सके सजिलै आफ्नो लक्ष्यमा पुग्न सक्नेछन् । यो रातपछि तपाईका सम्पूर्ण स्वास्थ्य समस्याहरु समेत समाधान हुँदै जानेछन् भने जीवन सुखी र खुशी बन्दै जानेछ ।

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ५ : ४२ बजे

रौतहटमा जेनजी युवाको प्रदर्शन, टायर बालेर सडक अवरुद्ध

रौतहट । सोमबारको सरकारी दमनको विरोधमा जेनजी युवाहरुले मंगलबार बिहानदेखि

काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रमा कर्फ्यू आदेश

काठमाडौं । जेनजी आन्दोलन उग्र बनेपछि काठमाडौं, ललितपुर र भक्तपुरका

कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिए

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले आइतबारको जेनजी आन्दोलनमा भएको दमन,

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीद्वारा आगजनी

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुर, सुनाकोठीस्थित निजी निवासमा प्रदर्शनकारीले

उपत्यका प्रहरीको कमाण्डमा फेरबदल, एआईजी दानबहादुर कार्की जिम्मेवार नियुक्त

काठमाडौं । गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यकाको प्रहरी कमाण्डमा