२०८३, २१ भाद्र सोमबार

लोकसेवा आयोगको एक सय प्राविधिक तहमा दरखास्तै परेन

लोकसेवा आयोगको एक सय प्राविधिक तहमा दरखास्तै परेन


काठमाडौँ, ६ कात्तिक लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्त नै पर्न सकेको छैन । गत वर्ष कूल विज्ञापनमध्ये १०१ विज्ञापनमा दरखास्त नपरेको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दरखास्त नपरेका विज्ञापनमध्ये ६५ आन्तरिक प्रतियोगिताअन्तर्गतको छ । एउटा खुला प्रतियोगिता र ३५ समावेशी प्रतियोगिताका विज्ञापन छन् ।

अधिकांश प्राविधिक तहका विज्ञापनमा दरखास्त नपरेको आयोगले जनाएको छ । त्यसमा पनि धेरै स्वास्थ्य सेवा क्षेत्रका विज्ञापनमा दरखास्त परेका छैनन् । “एक त जनशक्ति नभएर नै नपरेका हुन्, अर्को स्वास्थ्य शिक्षा विषय नेपालमै पढाइ नहुँदा दरखास्त नआएका हुन सक्छन्”, आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले भन्नुभयो । उहाँका अनुसार शिक्षाशास्त्र पढेकाबाट आएको दरखास्तले भने मान्यता नपाउँदा खाली हुन गएको हो । उक्त विषय भारतमा पढाइ हुन्छ ।

नेपालमा शिक्षा सङ्कायतर्फ स्वास्थ्यको पढाइ हुने गरे पनि मन्त्रालयको स्वास्थ्य सेवा ऐनले मान्यता दिँदैन । दरखास्त नपरेकामध्ये ५८ विज्ञापन स्वास्थ्य क्षेत्रका छन् । अधिकांश माथिल्लो तहमा खाली छ ।

केही इञ्जिनीयर, टाइपिष्ट, अमिन, अपरेटर, पशु स्वास्थ्यलगायत पदका विज्ञापन खाली रहे । चिकित्सक क्षेत्रका नवौंँ र एघारौंँ तहका बढी छन् । आयोगको केन्द्रीय कार्यालयअन्तर्गतका ६८ विज्ञापन र धनकुटा, हेटाँैडा, पोखरा र जुम्ला कार्यालयका तीन तीन विज्ञापनमा दरखास्त परेन ।

इलाम, बागलुङ, दाङ, सुर्खेत, दिपायल र भीमदत्तनगर कार्यालयका दुई दुई तथा खोटाङ र काठमाडौ कार्यालयका चार चार एवं जलेश्वरको एक विज्ञापन खाली रहेको सुवेदीले जानकारी दिनुभयो ।

एउटा मात्रै खुला प्रतियोगिता रहेको नवौंँ तहको कन्सल्टेण्ट सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट पदमा दरखास्त परेन । समावेशीतर्फ अपाङ्गतातर्फ तीन, महिलातर्फ ११, दलितर्फ ११, मधेसी र आदिवासी जनजाति तीन तीन विज्ञापनमा दरखास्त परेन । अन्य भने आन्तरिक प्रतियोगिताका विज्ञापन छन् ।

आयोगका प्रवक्ता किरणराज शर्माले गत आर्थिक वर्ष कूल पाँच हजार ९७० पदका लागि एक हजार २०४ र समावेशी प्रतियोगितातर्फ एक हजार ८०७ विज्ञापन खुलाइएको जानकारी दिनुभयो । त्यसमा कूल पाँच लाख ६७ हजार ८५३ दरखास्त परेको थियो ।

अघिल्लो आवभन्दा गत वर्ष दरखास्तमा ३३ प्रतिशतले कमी आएको छ । सबैभन्दा बढी दरखास्त खरिदार पदमा एक लाख ४६ हजार ४७६ छ । सबैभन्दा बढी प्रदेश नं २ बाट कूल दरखास्तको २५ प्रतिशत छ जसमा २१–२५ वर्ष उमेर समूहका ३८ प्रतिशतले दरखास्त दिएका थिए ।

दरखास्त परेकामध्येबाट कूल सात हजार ७१८ जनालाई स्थायी नियुक्तिका लागि सिफारिश गरिएको छ जसमा दुई हजार ४६५ ९३२ प्रतिशत० महिला छन् । प्रदेश नं २ बाट सबैभन्दा बढी २० प्रतिशत स्थायीका लागि सिफारिश भएका छन् । समावेशीतर्फ तीन हजार २४४ सिफारिश भए । गत आठ वर्षमा ४१ हजार ६८ स्थायी नियुक्तिमा सिफारिश भएका छन् । सुरक्षा निकाय तथा सङ्गठित संस्थातर्फ तीन लाख ६९ हजार ८५७ मध्ये लिखित परीक्षामा एक लाख ५९ हजार ४२६ सहभाग थिए । आयोगका प्रवक्ता शर्माका अनुसार आयोगले त्रिवर्षीय रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ ।
– नारायण ढु्ङ्गाना

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ४ : ११ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको