२०८२, १८ भाद्र बुधबार

नांगै सुत्दाका फाइदाहरु

नांगै सुत्दाका फाइदाहरु


तपाइँ रातमा सुत्दा लुगा फुकाल्ने गर्नुहुन्छ की हुन्न रु सायद बाहिरी कपडा फुकालेपनि भित्री लुगा चाहीँ फुकाल्नुहुन्न होला । अझ अहिलेको जाडो याममा त बाहिरी लुगा समेत फुकाल्न धौ धौ हुन्छ होला ।

बाहिरी लुगा समेत नफुकालीकन सुत्दाखेरी सुत्न अप्ठेरो हुने र निद्रा नपर्ने भएकाले भित्री लुगा वा नाइट डेस लगाएर सुत्ने चलन हुन्छ । तर विज्ञहरुले भने सुत्दाखेरी भित्री वस्त्र समेत खोलेर निर्वस्त्र सुत्ने गरेमा त्यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने बताउँछन् ।

विज्ञहरुका अनुसार निर्वस्त्र भएर सुत्नाले व्यक्तिको स्वास्थ्यमा धेरै फाइदा पुग्छ । निर्वस्त्र सुताई व्यक्तिको शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यका लागि समेत उपयोगी हुने बताइन्छ । विज्ञहरुका अनुसार महिलामा यौन रोगको जोखिम कम गर्न निर्वस्त्र सुताइ निकै फलदायी हुन्छ । खासगरी गुप्तांगमा हुने विभिन्न खालका संक्रमणको खतरा कम गर्न र गुप्तांग स्वस्थ राख्नका लागि निर्वस्त्र रुपमा सुत्नु आवश्यक हुने विज्ञहरुको ठम्याइ रहेको छ । निर्वस्त्र रुपमा सुत्दा महिलाको गुप्तांग हुने ढुसी तथा ब्याक्टेरियाको संक्रमण नियन्त्रण हुन्छ ।

निर्वस्त्र सुत्नुको अर्को फाइदा भने मिठो निद्रा पर्नु हो । निर्वस्त्र सुताइले तपाइँलाई निद्राका बेला सितलता प्रदान गर्छ जसका कारण तपाइँलाई अझ गहिरो र मीठो निद्रा पर्छ ।

रातमा सुत्दा लुगा लगाएर सुत्ने बानीले व्यक्तिको सुन्दरतामा समेत असर पूराउँछ । विज्ञहरुका अनुसार सुत्दाखेरी लुगा लगाउने वा बढि न्यानो भएर सुत्दा मानिसको सरीरबाट मेलाटोनिन र ग्रोथ हर्मोनको उत्पादन कम हुन्छ । यस्तो हर्मोनको उत्पादन कम हुनु भनेको व्यक्तिमा छिटै बुढयौलीका लक्षण देखिनु हो । निर्वस्त्र सुत्नाले व्यक्तिको सरीरबाट यस्ता हर्मोनको उत्पादन बढि हुन्छ, जसका कारण बुढयौलीका लक्षणमा न्यूनिकरण मात्र होइन छाला र कपालको सुन्दरतामा पनि वृद्धि हुन्छ ।

निर्वस्त्र भएर सुत्नुको अर्को फाइदा पनि छ । त्यो के भने मोटोपन घटाउनका लागि समेत निर्वस्त्र सुताइ कामयावी हुन्छ । राम्रो निद्रा नपर्दा कोर्टिसोल हर्मोनको उत्पादन बढि हुने र यो हर्मोनका कारण व्यक्तिलाई बढि भोक लाग्ने भएकाले धेरै खाने र सोही कारण मोटोपन बढ्छ । तर निर्वस्त्र सुत्दा पर्ने मीठो निद्राका कारण यो हर्मोनको मात्रा घट्न गई भोकमा सन्तुलन वा नियन्त्रण आउँछ जसका कारण मोटोपन नियन्त्रणमा समेत सघाउ पुग्छ ।

निर्वस्त्र सुत्ने बानीले व्यक्तिमा आत्मविश्वासको लेभलमा पनि वृद्धि गर्ने विज्ञहरु बताउँछन् ।

निर्वस्त्र सुत्ने मानिसले लुगा लगाएर सुत्नेले भन्दा बढि यौनसुख प्राप्त गर्छन् र उनीहरुको यौन जिवन पनि सफल बन्छ । जब दम्पतीहरु निर्वस्त्र रुपमा ओछ्यानमा सुत्छन् तब दुबैको नांगो छालाको स्पर्शले दुबैमा लभ हर्मोन भनिने अक्जीटोसिनको उत्पादन बढाउँछ । यसले व्यक्तिलाई सम्भोगका लागि सक्रिय बनाउँछ र इच्छा जागृत गर्छ अनि एक अर्कामा आकर्षण बढाउने काम गर्छ । निर्वस्त्र सुताइले मानिसमा सम्भोगका बेला चरम आनन्द प्राप्तिको दर पनि बढाउने बताइन्छ ।

प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमबार  १० : ३६ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना