२०८३, १२ आश्विन मंगलबार

अदुवा खानुस् यी ८ रोगहरुबाट मुक्त हुनुस्

अदुवा खानुस् यी ८ रोगहरुबाट मुक्त हुनुस्


हामी चिया र तरकारीमा अदुवा दैनिक प्रयोग गर्ने गर्छौँ । हामी अदुवाको प्रयोगले खान स्वादिष्ट हुनेमा त जानकार छौँ तर त्यसको दैनिक नियमित प्रयोगले मानव स्वास्थ्यमा राम्रो प्रभाव पार्छ र कैयौँ रोगवाट मुक्त हुन सकिन्छ भन्ने जानकारी नहुन सक्छ । आउनोस मानव स्वास्थ्यको लागी अदुवाको महत्व र प्रयोग बिधी बुँदागत रुपमा

१. मानिसले अदुवा दैनिक जसो खाँदा शरीरमा रोग प्रतिरोधत्मक क्षमता बढाउने गर्छ ।

२. अदुवाले खानामा प्रयोग गरेर खाँदा स्वादिष्ट हुन्छ ।

३. चिसो याममा अदुवा सेवन गर्दा शरीरमा गर्मी हुने गर्छ त्यसैले चिसोबेला यसको सेवन गर्दा बिभिन्न चिसोका रोगहरुबाट बच्न सकिन्छ ।

४.  रुघाखोकी लागेको बेला अदुवाको रस खानाले खोकी निको हुने गर्छ ।

५.  गर्भअवस्थाको सुरुसुरुमा पनि महिलालाई वाकवाकी लाग्ने समयमा अदुवा खाँदा समस्याबाट मुक्ति पाउन चिकित्सकहरुले सुझाव दिने गरेका छन् ।

६. धेरै मानिसहरु बस अथवा प्लेन चढ्दा वाकवाक गर्ने गर्छन यस्तो बेला पनि अदुवा खाँदा वाकवाक कम हुने गर्छ ।

७. अदुवाले खानेकुरा पचाउने काम समेत गर्छ । अपच भएको बेला अदुवाका साना साना टुक्रा बिरे नुन सँग मिलाएर खाँदा अपच ठिक हुने गर्छ ।

८.  नियमित रुपमा अदुवा सेवन गर्दा शरीरमा बढी भएको कोलेस्टेरोल नामक बोसो घटाउन मदत गर्छ जसका कारण मुटुको रोगबाट समेत बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमबार  १० : ३० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय