२०८२, १८ भाद्र बुधबार

जाडोमा रुघाखोकीबाट बच्न यी मसलाहरु खानुहोस्

जाडोमा रुघाखोकीबाट बच्न यी मसलाहरु खानुहोस्


मौसममा परिवर्तन आउँदा र शरीर चिसो हुँदा समस्या उत्पन्न हुन्छ । चीसो बेलामा शरीरलाई तातो हुने कुरा खानुपर्छ । शरीरलाई भित्रैबाट तातो राख्नका लागि गरम मसला नै सबभन्दा उपयुक्त हुन्छ । भोजनमा केही मसलाको प्रयोग गर्दा शरीर पनि तातो हुन्छ र रोगबाट पनि बचिन्छ । यी मसलाहरूको बारेमा थप जानौं । यी मसलाहरुको प्रयोगले रुघा खोकीबाट बच्न सकिन्छ ।

मरिच
खानाको स्वाद बढाउनुका साथै मरिचले अनेकौं रोग पनि भगाउँछ । जाडोमा मरिच खाँदा रुघाखोकी, पेटको संक्रमण र ज्वरोबाट बचिन्छ । महमा मिसाएर खाँदा स्मरणशक्ति तीखो हुन्छ ।

जाइफल
औषधीय गुणहरूले भरपूर जाइफलले खाना पचाउँछ, भोक नालग्ने समस्या हटाउँछ, पेटको रोग भगाउँछ र पाचक रस बढाउँछ । यसलाई घोटेर तातो पानीसँग पिउँदा छेरपटी, रुघा र खोकी निको हुन्छ ।

सुकेको अदुवा
खानासँग सुकेको अदुवा प्रयोग गर्दा मुटुरोग, गाँठो पर्ने, पाचन समस्या, कब्जियत, छेरपटी र खोकी जस्ता समस्याबाट मुक्ति पाइन्छ । यसबाहेक नून, दही र मही मिसाएर खाँदा पनि स्वास्थ्यलाई फाइदा हुन्छ ।

तेजपात
तेजपातको सेवनले खोकी, कफ, ज्वरो, रुघा, पिसाब रोग, आन्द्रा सुन्नेको, टाउको दुखेको र रक्ताल्पता जस्ता रोग निको हुन्छ । तेजपात र सुकेको अदुवा काँढा बनाएर खाँदा रुघा र खोकी ठीक हुन्छ ।

प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमबार  ९ : ४२ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना