२०८३, २५ आश्विन सोमबार

सुशासन कायम गर्न परराष्ट्रमन्त्रीको निर्देशन

सुशासन कायम गर्न परराष्ट्रमन्त्रीको निर्देशन


गुल्मी, ५ कात्तिक : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार गठन भएको आठ महीनामा संविधान कार्यान्वयन, दुई छिमेकी मुलुकसँग नयाँ शिराबाट सम्बन्ध सुधार भएको बताउनुभएको छ ।

ज्ञवालीले भन्नुभयो, “अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शिर उँचो पार्ने गरी सम्बन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा भएको छ ।” सरकार विकास र जनताको समृद्धिको यात्रामा अगाडि बढेको भन्दै कर्मचारीलाई सुशासन कायम गर्न निर्देशन दिनुभएको छ ।

सोमबार बिहान जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुख तथा कर्मचारीहरुसँगको बैठक तथा स्वागत कार्यक्रममा मन्त्री ज्ञवालीले सरकारले अपराधीलाई छाड्दैन र भ्रष्टहरुप्रति झन् निर्मम ढङ्गले लागेको बताउनुभयो ।

उहाँले निर्मला पन्त हत्याकाण्डका अपराधी सरकारले पानीमुनि लुकेकै भए पनि नछाड्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जिल्लाको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमबार  ६ : ४१ बजे

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र

प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन : ‘नैतिकता र निष्ठामा सम्झौता नगर्नू’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी सेवालाई प्रभावकारी, निष्पक्ष र

महामन्त्रीमा पराजित भए पनि पार्टी रूपान्तरणको अभियान नछाड्ने डा. सुनील शर्मा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार बनेका

महिलातर्फको खुला केन्द्रीय सदस्यमा वासना थापा अगाडि, यस्तो छ मतपरिणाम

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको