२०८२, १२ कार्तिक मंगलबार

सुशासन कायम गर्न परराष्ट्रमन्त्रीको निर्देशन

सुशासन कायम गर्न परराष्ट्रमन्त्रीको निर्देशन


गुल्मी, ५ कात्तिक : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार गठन भएको आठ महीनामा संविधान कार्यान्वयन, दुई छिमेकी मुलुकसँग नयाँ शिराबाट सम्बन्ध सुधार भएको बताउनुभएको छ ।

ज्ञवालीले भन्नुभयो, “अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शिर उँचो पार्ने गरी सम्बन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा भएको छ ।” सरकार विकास र जनताको समृद्धिको यात्रामा अगाडि बढेको भन्दै कर्मचारीलाई सुशासन कायम गर्न निर्देशन दिनुभएको छ ।

सोमबार बिहान जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुख तथा कर्मचारीहरुसँगको बैठक तथा स्वागत कार्यक्रममा मन्त्री ज्ञवालीले सरकारले अपराधीलाई छाड्दैन र भ्रष्टहरुप्रति झन् निर्मम ढङ्गले लागेको बताउनुभयो ।

उहाँले निर्मला पन्त हत्याकाण्डका अपराधी सरकारले पानीमुनि लुकेकै भए पनि नछाड्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जिल्लाको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमबार  ६ : ४१ बजे

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह

मुस्ताङ । गएरातिदेखि उपल्लो मुस्ताङका विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, बिहीबारदेखि नेपालमा असर देखिने

काठमाडौं । बंगालको खाडीमा सक्रिय भएको चक्रवात ‘मोन्था’ आज (मंगलबार)

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर भक्तिपूर्वक सम्पन्न गरिएको छठ

हतियारधारीलाई खुला छुट दिने सरकार चुनावको नाममा जनतालाई झुक्याउँदैछ : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले देशभर