२०८२, ९ भाद्र मंगलबार

कृष्णनगरमा कफ्र्यु जारी, कडा सुरक्षाका साथ मूर्ति विसर्जन

कृष्णनगरमा कफ्र्यु जारी, कडा सुरक्षाका साथ मूर्ति विसर्जन


कपिलवस्तु, ५ कात्तिक: दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हँुदा कपिलवस्तु प्रशासनले आइतबारदेखि कफ्र्यु लगाएको छ । शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको हो । तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले अर्को आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रमा कफ्र्यु लगाएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताउनुभयो । तीन दिनसम्म पटकपटकको छलफल र संवादपछि पनि तनाव साम्य नभए पछि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु जारी गरिएको हो । कृष्णनगर बजारमा समूह बनाएर हिँडडुल गर्न, जम्मा हुन, शान्ति सुरक्षालाई खलल हुने कुनै पनि कार्य गरे स्थानीय प्रशासन ऐनअनुसार कारवाही गरिने प्रजिअ पोख्रेलको भनाइ छ ।

विगतका दिनमा पनि यस्ता प्रकारका घटना दोहोरिहेकाले चाडपर्वमा प्रहरी प्रशासन संयमित हुनुपर्ने अधिकारकर्मी रामदयाल ठाकुर बताउनुहुन्छ । शुक्रबार नै प्रहरीले विगतका घटनालाई अध्ययन गरी अवस्था आँकलन गरेर कडा सुरक्षामा मूर्ति विर्सजन गर्ने वातावरण सिर्जना गरेको भए यस्तो अवस्था सिर्जना नहुने उहाँको भनाइ छ । घटनाको अधिकारकर्मीले अनुगमन गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमबार  ८ : २० बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको