२०८२, १ माघ बिहीबार

छाडा कुकुरको टोकाइबाट पाँच घाइते

छाडा कुकुरको टोकाइबाट पाँच घाइते


भद्रपुर, ४ कात्तिक : छाडा कुकुरको टोकाइबाट मेचीनगर–१ का पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सिम्रन तामाङ, टेकबहादुर बोहोरा, खड्गप्रसाद सापकोटा, भूमिका प्रधान र बिनिता राई छन् । दशैँको टीका लगाउन बाटोमा हिँड्दै गरेका अवस्थामा उनीहरुलाई विगत तीन दिनयता अलगअलग ठाउँमा कुकुरले टोकेको हो । घाइतेमध्ये आठ वर्षीया सिम्रन तामाङको अवस्था गम्भीर छ । सिम्रनको गालामा कुकुरले टोकेको पशु प्राविधिक दीपक बरालले जानकारी दिनुभयो ।

उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको बरालले बताउनुभयो । अरु घाइते स्थानीय निजी स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएका छन् । स्थानीयवासी टेकबहादुर देवानका अनुसार रेविज लागेको आशङ्का गरिएका दुई छाडा केही दिनयता मेचीनगर–१ बाहुनडाँगीमा मानिस र पशुलाई टोक्दै आएका छन् ।

मानिस र घरपालुवा पशुलाई टोकेर भाग्ने गरेका ती कुकुरलाई स्थानीयवासीले नियन्त्रणमा लिन सकेका छैनन् । स्थानीयवासीले गाउँमा छाडा कुकुरको सङ्ख्या बढेको भन्दै नियन्त्रणका लागि माग गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ४ कार्तिक आईतबार  ५ : ४८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा