२०८२, १६ चैत्र मंगलबार

के–के छन् चिसो पानीमा नुहाउनुका फाइदा

के–के छन् चिसो पानीमा नुहाउनुका फाइदा


एजेन्सी– चिसो पानीमा नुहाउने कि तातो पानीमा ? त्यो तपाईंको इच्छा । धेरैजसो मानिस तातै पानी रोज्लान् । तर अनुसन्धानकर्ताहरु भन्छन्, ‘चिसो पानीमा नुहाउनु स्वास्थ्यका लागि फाइदाजनक छ।’ चिसो पानीमा नुहाउनाका धेरै फाइदा छन् । जस्तो ः रक्तसन्चार राम्रो हुन्छ, तनाव कम हुन्छ, उत्साह र जागरुकता बढ्छ आदि । यसका अतिरिक्त शरीरको बोसो कम गर्न र रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न पनि मद्धत हुन्छ।

चिसो पानी हाम्रो शरीरमा पर्दा शरीरमा झनझनाहट उत्पन्न हुन्छ, तनावमा शरीरले यस्तो प्रतिक्रिया गर्छ, जसबाट मुटुको धड्कन र रक्तसन्चार बढ्छ । चिसो पानीले नुहाउनु सुरक्षित पनि छ । कम्पन हुनेुवाहेक यसले शरीरमा कुनै नराम्रो असर गर्दैन । बीबीसीको कार्यक्रम ‘ट्रस्ट मी आइएम डाक्टर’ मा डा. क्रिस वान टोलेकन भन्छन्, ‘तर ख्याल गर्नुपर्ने कुरा के हो भने यदि तपाईं बुढो हुनुहुन्छ या मुटुको रोगी हुनुहुन्छ भने तपाईं बेहोस हुन सक्नुहुन्छ या हर्ट अट्याक पनि हुन सक्छ।’

चिसो पानीले नुहाउँदा तनाव र चिन्ता कम हुन्छ भन्नेबारेमा हालसम्म क्लिनिकल परीक्षण नभएपनि विशेषज्ञको भनाईमा यसले चिन्ता हटाउन मद्धत गर्छ । चिसो पानीले शरीरको हानिकारक रसायन र हर्मोन शरीरबाट बाहिर निकाल्छ, जसबाट तनाव घटेको महसुस हुन्छ।सन् २०१३ मा ‘टीइडी टक’ मा धावक जोयल रनयोनले आफ्नो अनुभवका आधारमा भनेका थिए, ‘मानिस जुन परिस्थितिबाट डराइरहेको छ या असहज महसुस गरिरहेको छ, चिसो पानी या कोल्ड सावरमा नुहाउँदा त्यस्तो परिस्थितिसंग लड्ने तरिका बदल्न सकिन्छ।’

अर्कोतिर के पनि तर्क दिइन्छ भने चिसो पानीले नुहाउँदा दिमागमा अचानक झट्का लाग्छ, जो एक एन्टीडिप्रसेन्ट प्रभाव हुन सक्छ।२०१६ मा ‘प्लस वान’ पत्रिकामा कोल्ड सावरले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा छापिएको थियो । अध्ययनअनुसार ९० दिनमा दिनहुँ चिसो पानीमा नुहाउने २९ प्रतिशत मानिसमा रोग लाग्ने दर कम देखिएको थियो । अध्ययनमा सामेल मानिसहरुलाई तातोपानीको सावरको अन्त्यमा ३०, ६० या ९० सेकेन्डका लागि चिसो पानीले नुहाउन भनियो । अध्ययनका क्रममा के पाइयो भने कोल्ड सावर लिनेमा न रुघा लाग्यो, न अन्य खालका गलत असर नै । जतिबेर चिसो पानीमा नुहाएपनि कुनै नकारात्मक असर भएन।

बरु उनीहरुले शरीरमा उर्जा महसुस गरेका थिए । चिसो पानीले नुहाउँदा व्यायामपछि हुने पीडामा आराम मिल्छ । तर यसो किन हुन्छ भनेर वैज्ञानिकहरुसंग कुने तथ्यपरक प्रमाण छैन । केही अनुसन्धानकर्ताहरुको भनाईमा यसबाट स्वास्थ्यमा सुधार आउछ भने मांसपेशीलाई अनुकूल बनाउने क्षमता पनि राख्छ । २०१४ मा फिजिकल थेरापी इन स्पोटर््समा प्रकाशित अध्ययनमा चिसो पानी र तातो पानीमा नुहाउनुबीच कुनै भिन्नता नभएको पाइएको थियो ।

केहीवैज्ञानिकहरु चिसो पानीले नुहाउँदा शरीरको बोसो कम गर्ने बताउछन् । तर डा. टोलेकनका अनुसार यसको पनि कुनै प्रमाण छैन । तर चिसो पानीले नुहाउनु अण्डकोषका लागि भने लाभदायी हुन्छ । किनभने तातो पानीले नुहाउँदा अण्डकोषको तापमान सन्तुलन बिग्रन्छ र यसको सिधा असर वीर्य उत्पादनमा पर्छ । डा. टोलेकन भन्छन्, चिसो पानीले नुहाउँदा के–के फाइदा हुन्छन् भन्ने अध्ययन अहिलेलाई सुरुवाती चरणमा छन, यसका वैज्ञानिक तथ्य पत्ता लागिसकेको छैन । उनी भन्छन्, ‘यदि चिसो पानीले नुहाउँदा कुनै नकारात्मक असर पर्दैन भने यसको कुनै बेफाइदा पनि छैन ।’

प्रकाशित मिति : २०७५, १४ आश्विन आईतबार  १० : ०२ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक