२०८२, २८ चैत्र आईतबार

भूकम्पका कारण इन्डोनेसियामा एकको मृत्यु, दश घाइते

भूकम्पका कारण इन्डोनेसियामा एकको मृत्यु, दश घाइते


जाकार्ता, १३ असोज इन्डोनेसियामा आएको भूकम्पम परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु दशभन्दा बढी घाइते भएका छन् ।
इन्डोनेसियाको जलवायु सम्वन्धी कार्यालयले सुनामी समेत आउने चेतावनी दिदै सतर्कता अप्नाउन आह्वान गरेको छ ।

अधिकारीहरूका अनुसार ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि मध्य सुलावेसी प्रदेश र देशको मध्य भागमा यस्तो चेतावनी दिइएको हो ।
“भूकम्पपछिको सुनामी आउने देखिएकाले सतर्क हुन आह्वान गरिएको हो,” जलवायु कार्यालयका प्रमुख सुकी डेवीले सिन्ह्वासँग फोनमा भन्नुभयो ।

इन्डोनेसियामा शुक्रबर दिउसो शक्तिशाली भूकम्प गएको हो । सुरुमा ७।७ म्याग्नीच्युडको भूकम्प पछि ७।४ म्याग्नीच्युडको भएको थियो ।

भूकम्प गएको १२ मिनेटपछि पराकम्प भएको थियो । पराकम्प पनि झण्डै ६।१ म्याग्निच्युडको थियो । त्यसैगरी मुख्य भूकम्प गएको तीन घण्टापछि ६।० म्याग्नीच्युडको पराकम्प भएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ७ : १९ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४