२०८३, १३ भाद्र आईतबार

सूचनाको हकको अभ्यासको संस्थागत विकास हुनु सकारात्मक : प्रधानन्यायाधीश

सूचनाको हकको अभ्यासको संस्थागत विकास हुनु सकारात्मक : प्रधानन्यायाधीश


काठमाडौँ, १२ असोज : प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले नेपालमा सूचनाको हकको अभ्यासको संस्थागत विकास हुनु सकारात्मक भएको बताउनुभएको छ । सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तराष्ट्रिय दिवस–२०७५ का अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा उहाँले सूचनाको हकको अभ्यासको संस्थागत विकास हुँदा नागरिक सूचना खोज्न उत्साहित हुने बताउनुभयो ।

प्रधानन्यायाधीश मिश्रले सर्वोच्च अदालतले नागरिकमा न्यायमा पहुँच पु¥याउन विभिन्न कार्यक्रममा सञ्चालन गरिरहेको जानकारी दिँदै नागरिकलाई कसरी न्याय दिने भन्नेमा न्यायालयले योजना बनाएर काम गरिरहेको स्पष्ट पार्नुभयो । खुल्ला समाज तथा चेतनाको वृद्धिले सूचनाको हकको प्रयोजनमा वृद्धि हुने उल्लेख गर्दै उहाँले सूचनाको हकले सबैलाई पारदर्शिता, उत्तरदायित्व र जिम्मेवार बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानन्यायाधीश मिश्रले आयोगले इजलास सञ्चालन गर्ने अवधारणा शुरु गरेकोप्रति स्वागत गर्दै सेवाग्राहीका लागि इजलास सर्वोत्तम उपहार भएको उल्लेख गर्नुभयो । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना नदिएको उजुरीका आधारमा आयोगले दुई दर्जनलाई कारवाही गरेको जानकारी दिँदै नेपालको अदालतले पनि सूचनाको हकको पक्षमा आदेश तथा फैसला दिएको बताउनुभयो ।

आयोगका आयुक्त यशोदा तिम्सिनाका अनुसार आयोगमा चार वर्षमा चार हजार ५०० उजुरी परेका छन् । नेपालको संविधानको धारा, २७ मा सूचनाको हकसम्बन्धी व्यवस्था गरिएको छ । यो हकको प्रभावकारी प्रचलनका लागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली २०६५ जारी भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ आश्विन शुक्रबार  ६ : ४० बजे

देश संकटमा छ : पीडितको आँसु पुछ्ने हात बनौँ

काठमाडौं । नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ । बाढी,

सरकारको ध्यान बाढीपीडितको उद्धारमा गएन, कसरी मिलाएर फोटो खिच्ने भन्नेमै ध्यान : माधव ढुङ्गेल

रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले सरकार रसुवा

बाढीले बन्द भएका थप ७ ठाउँमा टेलिकम सेवा फर्कियो, ९३ साइट सञ्चालनमा

काठमाडौं । बाढीका कारण अवरुद्ध नेपाल टेलिकमका थप सातवटा साइटबाट

भोटेकोशीको बहाव घटेपछि खुल्यो काठमाडौं–मुग्लिन–नारायणगढ सडक

काठमाडौं । बाढीको जोखिम देखिएपछि केही समय रोकिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड