२०८३, ३० असार बुधबार

दश वर्षमा नेपाल विश्वकै नमूना पर्यटकीय गन्तव्य पर्यटनमन्त्री

दश वर्षमा नेपाल विश्वकै नमूना पर्यटकीय गन्तव्य पर्यटनमन्त्री


काठमाडौँ ११ असोज :  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आगामी १० वर्ष भित्रमा नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताउनुभएको छ ।

नेपाल पर्वतारोहण सङ्घको २८ औँ वार्षिक साधरणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री अधिकारीले पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार विकासलाई तीब्रता दिएको र अबको १० वर्षको अवधिमा भौतिक पूर्वाधारमा उल्लेख्य विकास भई पर्यटकका लागि सहज वातावरण बन्ने उल्लेख गर्नुभयो ।

उहाँले ‘टुरिज्म एण्ड दि डिजिटल ट्रान्सफर्मेशन’ को नाराका साथ विश्व पर्यटन वर्ष मनाउँदै गर्दा सञ्जालमार्फत उच्च गुणस्तरका सामग्री प्रस्तुत गर्नसमेत आग्रह गर्नुभयो ।

मन्त्री अधिकारीले लामो समयदेखि बिग्रीएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको रिह्याबका लागि काम भइरहेको समेत जानकारी दिनुभयो । सन् २०२० भन्दा अगाडि नै रिह्याबको काम सकाएर उक्त विमानस्थललाई २४ घण्टा नै सञ्चालनमा ल्याउने उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउन नीतिगत सुधार तथा नयाँ पीक र गन्तव्य खोल्न पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सो अवसरमा पर्वतीय पर्यटनमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरियो । यस वर्षको कुमारखड्ग विक्रम साहसिक पुरस्कार दक्षिण कोरियाका आरोही डा ओम हुङ्गेल र डा हर्क गुरुङ पर्वतीय पुरस्कार कोरियाकै डा इङ जोङलीलाई सम्मान गरियो । दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्टका छेटुप शेर्पा र दि हिमालयन टाइम्सका राजन पोखरेललाई सम्मान गरिएको थियो ।

त्यसैगरी, हिमाल आरोहणमा धेरै आरोही पठाउने विभिन्न १० ट्रेकिङ्ग एण्ड एक्सपिडिसन कम्पनीलाई पनि सङ्घले सम्मान गरेको थियो । ती सबै पुरस्कार पर्यटनमन्त्री अधिकारीले प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५, ११ आश्विन बिहीबार  ८ : ३३ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित