२०८२, १६ मंसिर मंगलबार

चार नारायणको पुनः निर्माण आगामी वर्ष सकिने

चार नारायणको पुनः निर्माण आगामी वर्ष सकिने


ललितपुर, ११ असोज पाटन दरबार क्षेत्रका मन्दिरमध्ये सबैभन्दा पुरानो चार नारायाण मन्दिरको पुन निर्माण आगामी वर्षमा सकिने जनाइएको छ । काम नियमित रुपमा भइरहेकाले आगामी वर्षसम्म पुन निर्माणको काम सकिने पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो ।

उहाँका अनुसार हरिशङ्कर मन्दिर पनि एक वर्षमा सक्ने गरी काम भइरहेको छ । यहाँ रहेका धेरै वटा स्मारकको पुनः निर्माणको जिम्मेवारी काठमाडौँ उपत्यका संरक्षण कोष केभिपिटीले लिएको छ । प्याकुरेलले भन्नुभयो, “अरू काम जसरी नै कोषले यो पनि समयमा सकाउँछ भन्ने हाम्रो विश्वास छ ।”

पुनः निर्माणमा कार्यरत कोषको आफ्नो कर्मचारी भएकाले ढिलाइ नहुने प्याकुरेलले बताउनुभयो । कोषले काम गरेको स्मारकमा कृष्ण मन्दिर, मणिमण्डप, बहादुर शाहको बैठक कक्ष, योग नरेन्द्र मल्लको सालिक स्तम्भ, सिंह स्तम्भलगायत सम्पन्न भइसकेको छ ।

चार नारायण मन्दिर अरूभन्दा पुरानो भए पनि कहिले बन्यो भन्नेमा फरक धारणा पाइन्छ । कतिपयले मन्दिर १६औँ शताब्दी त कतिले १७औँ शताब्दीको शुरुमा निर्माण भएको उल्लेख छ । यो मन्दिर इँटैइँट्टाले बनेको छ ।

आगामी वर्ष सक्ने योजनाले अघि बढेको हरिशङ्कर मन्दिरलाई योग नरेन्द्र मल्लकी छोरीले बनाउन लगाएकी थिइन् । आधा विष्णु र आधा शिवको स्वरुप मानिने हरिशङ्कर मन्दिर १८औँ शताब्दीको शुरुमा निर्माण भएको जनाइएको छ ।

प्रकाशित मिति : २०७५, ११ आश्विन बिहीबार  ३ : १६ बजे

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी

आज फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज