२०८२, १ माघ बिहीबार

धार्मिकस्थल कैलाशधाममा लिफ्टबाट खानेपानी

धार्मिकस्थल कैलाशधाममा लिफ्टबाट खानेपानी


कावासोती, ११ असोज नवलपरासीको प्रमुख धार्मिकस्थल कैलाशधाम दाउन्ने मन्दिर परिसरमा सौर्य ऊर्जामार्फत लिफ्टबाट पानी पु¥याइएको छ ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ को सो धाममा खानेपानीको सुविधा नहुँदा समस्या हुँदै आएको थियो । कैलाशधाममा विनयी त्रिवेणी गाउँपालिकाको रु २५ लाख र धामका सदस्य, पुजारी, बटुकसहित अन्य समाजसेवीबाट चन्दा सहयोग गरी रु ४७ लाखकोे लागतमा खानेपानी व्यवस्था गरिएको हो ।

गण्डकी प्रदेश र प्रदेश ५ को सीमा दाउन्ने पहाडमा रहेको सो स्थलमा दुई किलोमिटर दूरीको धुञ्चेखोला मुहानबाट पानी ल्याइएको हो । धुञ्चेको मुहानबाट ७७० मिटरको दूरीको शिवपुरी डा“डासम्म तानेर धाम परिसरमा पानी ल्याइएको हो । लिफ्टको प्रयोग भने २८२ मिटर उचाइमा पानी ल्याउन गरिएको छ ।

शिवपुुरी डा“डामा २५० वाट क्षमताका १६ वटा सौर्य प्यानल जोडिएको छ । चार हर्स पावरको मोटरले २८२ मिटर तल जमिन सतहबाट पानी तानेर शिवपुरीसम्म ल्याइएको मन्दिरका सल्लाहाकार संयोजक शालिकराम पौडेलले बताउनुभयो । दाउन्ने बजारबाट करीब ४० मिनेटको उकालो चढेपछि मन्दिर परिसरमा पुगिन्छ ।

खानेपानीको सुविधा नहुँदा यहा“ आउने भक्तजन र पुजारीले आकाशको पानी सङ्कलन गरी प्रयोग गर्ने गरेका थिए । परमानन्द सन्या आश्रम ट्रस्ट कैलाशधाम दाउन्नेले गाउँपालिकासँग आग्रह गरी र अन्य सहयोग सङ्कलन गरेर खानेपानीको व्यवस्था गरेको हो ।

अझै शिवपुरीको डा“डामा पानी वितरण ट्याङ्की निर्माण गर्नुपर्ने भएपनि बजेट नहँुदा सिधै पानी वितरण गरिएको पौडेलले बताउनुभयो । दैनिक सयौँ धार्मिक पर्यटक आउने यहाँ भारतबाट समेत पूजाअर्चनाका लागि भक्तजन आउने गर्दछन् ।

प्रकाशित मिति : २०७५, ११ आश्विन बिहीबार  ३ : ०३ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा