२०८२, १० भाद्र बुधबार

दमौलीमा एक प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता

दमौलीमा एक प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता


दमौली, ११ असोज भूकम्पबाट घर क्षति भएका तनहुँका १ दशमलव १ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता वापतको रकम बुझेका छन् ।भूकम्पबाट घर क्षति भएका तनहुँका १३ हजार ८२१ मध्ये १६१ लाभग्राहीले मात्रै तेस्रो किस्ताको रकम बुझेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई तनहुँले जनाएको छ ।

तेस्रो किस्ताको रकम वितरणका लागि रु एक करोड ६१ लाख निकासा भएको एकाईका नायव सुब्बा रामहरि खनालले जानकारी दिनुभयो । १३ हजार ४४ लाभग्राहीले पहिलो र तीन हजार ८४४ लाभग्राहीले दोस्रो किस्ताको रकम बुझेको उहाँले बताउनुभयो ।

तेस्रो किस्ताको रकम बुझ्नेमा भानु नगरपालिका आठ, शुक्लागण्डकी नगरपालिका १०, बन्दीपुर गाउँपालिका पाँच, आँबुखैरेनी गाउँपालिका ६६, घिरिङ गाउँपालिका १४, म्याग्दे गाउँपालिका ३० र रिसिङ गाउँपालिकाका २८ लाभग्राही छन् ।

व्यास नगरपालिका, भिमाद नगरपालिका र देवघाट गाउँपालिकाका कुनै पनि लाभग्राहीले तेस्रो किस्ताको रकम बुझेका छैनन् । सरकारले भूकम्प पीडितलाई आवास निर्माण गर्न तीन किस्तामा रु तीन लाख अनुदान दिनेछ । पहिलो किस्तामा पीडितलाई रु ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख गरी रु तीन लाख पीडितलाई प्रदान गरिनेछ ।

तनहुँमा एक वर्ष ढिला गरी पुनः निर्माणको कार्य शुरु भएकाले तेस्रो किस्ता बापतको रकम लिनेको सङ्ख्या न्यून रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७५, ११ आश्विन बिहीबार  २ : ५७ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको