२०८२, ८ भाद्र सोमबार

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता महतो

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता महतो


पर्सा, १० असोज :  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताउनुभएको छ ।

राजपा पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा सङ्घीयता तथा लोकतन्त्र विरोधीहरु लागेकाले सबै राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कर वृिद्धको आडमा लोकतन्त्र विरोधीहरु सङ्घीयतासँगै लोकतन्त्रलाई नै सिध्याउने खेलमा लागेकाले स्थानीय तथा सङ्घीय सरकारले जनताको ढाड सेक्ने गरी कर वृद्धि नगर्न र गरिएको कर वृद्धि फिर्ता लिन अपिल समेत गर्नुभयो ।

नेता महतोले संविधान संशोधनमार्फत मधेसीका मुद्दा संविधानमा समावेश गर्ने सरकारको प्रतिवद्धता अझै पूरा नभएको भन्दै अधिकार प्राप्तिका लागि राजपाले कुनैपनि बेला आन्दोलनको घोषणा गर्नुपर्ने अवस्था आउन सक्दछ भन्नुभयो ।

मुलुकमा बढ्दै गएको हत्या र बलात्कारको घटनाले आम जनताले असुरक्षाको महसुश गरेको बताउँदै नेता महतोले कञ्चनपुरकी निर्मल पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई अहिलेसम्म पक्राउ नपर्नु, प्रहरी हिरासतमै नागरिकको हत्या हुनुजस्ता घटनाले जनतालाई असुरक्षित बनाएको छ भन्नुभयो ।

प्रकाशित मिति : २०७५, १० आश्विन बुधबार  १ : ३६ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको