२०८२, ११ कार्तिक सोमबार

बिप्लवले किन पठाए विदेशमा पैसा ? प्रकाण्डको डायरीमा यस्तो भेटियो

बिप्लवले किन पठाए विदेशमा पैसा ? प्रकाण्डको डायरीमा यस्तो भेटियो


काठमाडौँ, १० असोज: जसरी २०६२ सालतिर बिपी कोइरालाले भारत निर्वासनमा बस्दा राजा महेन्द्रको सरकारसँग लड्नका लागि बटुलेको हतियार पाकिस्तानसँग छुट्टिन संघर्षरत बंगालेदशको मुक्ति बाहिनीलाई ट्रकका ट्रक पठाए । र, चालिसको दशमा रामराजाप्रसाद सिंह अनि जनयुद्धताका प्रचण्ड—बाबुरामले भारतम आश्रय लिए । अहिले के विप्लव माओवादीले पनि बंगलादेशको कुनै समुहसँग त्यस्तै खाले सम्पर्क विस्तार गरेको हो ?  यसबारे तथ्य छिट्टै सार्वजनिक होला । तर, प्राप्त दस्तावेज र खर्च विवरणहरुले त्यस्तै देखाउँछ ।

प्रहरीद्धारा बरामद विभिन्न कागजातअनुसार बंगलदेशतर्फ सैन्यसम्बन्धी विविध सहयोगका लागि सम्पर्क र सहयोग भएको भुझिन्छ । हवाई मार्ग या फुलबारी नाकामध्ये कतै न कतौट चलखेल हुँदै गरेको दावी पुग्ने अभिलेख फेला परेको हो । प्रकाण्डबाट बरामद डायरीमा बंगलादेशको साथीलाई वीरबहादुरमार्फत ५ हजार र प्रविधिसम्बन्धी काममा बंगलादेश पठाएको १ लाख भन्ने हिसाब देखिएको छ । प्रविधि भनेको पक्कै पनि बम, विष्फोटक पदार्थ हुनुपर्छ ।

त्यो शीर्षकमा मात्रै ७८ लाख २४ हजार खर्च भएको छ । जनमुक्ति सेनातर्फ ४१ लाख ३९ हजार ६० रुपैयाँसहित जम्मा एक करोड १९ लाख ६४ हजार ६० रुपैयाँ सेना र प्रविधिमा खर्च भएको विवरण छ । यो ०७३ चैत ४ देखि ०७५ असार मसान्तसम्मको खर्च हो, जो खड्ग बिकको डायरीमा फेला परेको छ । यद्यपी अहिले वार्ताको माध्यमबाट उक्त समुहलाई टेस्ट गर्ने, प्रकाण्डलार्य ६ वटा जिल्ला घुमाईसकेको हुँदा अब त्यो उपक्रम साकेतिक नाम भनेको त मिल्दोजुल्दो हुनुपर्ने नि । तर, नयाँ ढगबाट सैन्य अभ्यासमा लागेको विप्लव समहुले आफुसँग रहेका या संकलित हुन सक्ने तियारलाई पार्टी पंक्तिले मात्र बुझ्ने गरी कोड नाम राखेको पाईएको छ ।, यो खबर आज प्रकाशित जनआस्था साप्ताहिकमा छ ।

प्रकाशित मिति : २०७५, १० आश्विन बुधबार  ७ : २९ बजे

हतियारधारीलाई खुला छुट दिने सरकार चुनावको नाममा जनतालाई झुक्याउँदैछ : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले देशभर

छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई

छठ पर्वले सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक

छठ पर्वको सन्देश दिँदै प्रधानमन्त्री कार्कीले भनिन् -सबै नेपालीबीच एकताको खाँचो अझ बढी छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठसहितका चाडपर्वहरूले नेपाली समाजमा सामाजिक

४ लाख २२ हजार संस्थापक शेयर बिक्रीमा, प्रभु बैंकमा लगानीको नयाँ अवसर

काठमाडौं । देशका अग्रणी वाणिज्य बैंकमध्ये एक प्रभु बैंक लिमिटेडले