२०८३, १३ भाद्र आईतबार

ओलीले भेटे ट्रम्पलाई, न्यूयोर्कमा दुई मिनेट कुराकानी

ओलीले भेटे ट्रम्पलाई, न्यूयोर्कमा दुई मिनेट कुराकानी


काठमाडौं, असोज १०: प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करिब दुई मिनेट कुराकानी भएको छ । राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पले राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफल हुनु अघिल्लो दिन सोमबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा उभिएरै यस्तो छलफल भएको हो ।

स्वागत समारोहमा सहभागी हुने सबैसँग अमेरिकी राष्ट्रपतिले संक्षिप्त कुराकानी गर्दै फोटो खिच्ने प्रचलन छ । सबै सदस्य मुलुकका उच्चस्तरीय पाहुना आउने र छलफल हुनाले पनि यो स्वागत समारोह करिव पाँच घण्ट चल्छ । यही समयमा कुराकानीको मौका छोप्न ओली आफ्नो सम्बोधन भन्दा चार दिन पहिले नै न्यूयोर्क ओर्लेका हुन् ।

उनीहरुबीचको संक्षिप्त कुराकानी र छलफलमा सहभागिताबारे न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिंदै भनेको छ , ‘७३औँ महासभामा भाग लिन न्यूयोर्क आइपुगेका विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा गरिएको समारोहका प्रधानमन्त्री ओली र पत्नी राधिले सहभागिता जनाएका छन ।’ यो खबर आजको अन्नपुर्णपोष्टमा छ ।

प्रकाशित मिति : २०७५, १० आश्विन बुधबार  ६ : ४३ बजे

देश संकटमा छ : पीडितको आँसु पुछ्ने हात बनौँ

काठमाडौं । नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ । बाढी,

सरकारको ध्यान बाढीपीडितको उद्धारमा गएन, कसरी मिलाएर फोटो खिच्ने भन्नेमै ध्यान : माधव ढुङ्गेल

रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले सरकार रसुवा

बाढीले बन्द भएका थप ७ ठाउँमा टेलिकम सेवा फर्कियो, ९३ साइट सञ्चालनमा

काठमाडौं । बाढीका कारण अवरुद्ध नेपाल टेलिकमका थप सातवटा साइटबाट

भोटेकोशीको बहाव घटेपछि खुल्यो काठमाडौं–मुग्लिन–नारायणगढ सडक

काठमाडौं । बाढीको जोखिम देखिएपछि केही समय रोकिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड